Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको टेक्सासमा भएको दुर्घटनामा २ नेपालीको मृत्यु, ४ घाइते

अमेरिकाको टेक्सासमा भएको दुर्घटनामा २ नेपालीको मृत्यु, ४ घाइते

नेप्लिज डायस्पोरा

५, आषाढ २०८०
images
अमेरिकाको टेक्सासमा भएको दुर्घटनामा २ नेपालीको  मृत्यु, ४ घाइते

तस्वीर: गोफण्ड मीबाट

अमेरिकाको टेक्सासस्थित टाइलरमा शनिबार बेलुका सवारी दुर्घटनामा परेर दुई जनानेपालीको मृत्यु भएको छ । सोही दुर्घटनामा परेर अन्य ४ जना नेपाली घाईते भएको बुझिएको छ ।

प्राप्त जानकारी अनुसार ६ जना नेपाली चढेको कारलाई पिकअप ट्रकले ठक्कर दिएकोथियो  । दुर्घटनामा परेर मृत्यु हुनेमा ३४ बर्षका श्रृजन ज्ञवाली र ११ बर्षका बालक इमेज कार्की रहेका छन् ।

दुर्घटनामा दिनेश कार्की, गंगा कार्की, इभान कार्की र श्रृजन प्याकुरेल घाइते भएका छन् ।श्रृजन प्याकुरेलको अवस्था सामान्य रहेको तर अरु तीनजनाको अवस्था भने गम्भिर रहेको जनाइएको छ । तीनैजनाको अस्पतालमा उपचार भइरहेको छ ।

घाइते दिनेश कार्की र गंगा कार्की घटनामा ज्यान गुमाउने ११ बर्षका बालक इमेज कार्कीकाबुबा आमा हुन् । घाइते अर्का बालक ६ बर्षका इभान कार्की पनि दिनेश कार्की र गंगा कार्कीका छोरा हुन् । मृतक श्रृजन ज्ञवालीले पनि कार्की परिवारको स्टोरमा काम गर्दै आएका थिए ।

खराब मौषमपछि घरमा विद्युत आपूर्तिमा अवरोध भएपछि ६ जना नै एउटै गाडीमा चढेर साथीको घरतिर जाँदै गर्दा दुर्घटना भएको जनाइएको छ ।

मृतकहरु र घाईतेहरुको सहयोगका लागि अहिले गोफण्डमी खोलिएको छ । जसमा तीन घण्टामा झण्डै १७ हजार डलर संकलन भएको छ । 

गोफण्ड मीको लागि यहां लिंक मा क्लिक गर्नुहोस ।

 

 

images
प्रकाशित मिति :आषाढ ५, २०८० मंगलवार - ०२:११:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend