Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डाक्टर रुद्र अर्याल अमेरिकाको ज्याफ्री रिंज रोटरी क्लबको अध्यक्ष निर्वाचित

डाक्टर रुद्र अर्याल अमेरिकाको ज्याफ्री रिंज रोटरी क्लबको अध्यक्ष निर्वाचित

नेप्लिज डायस्पोरा

७, आषाढ २०८०
images
डाक्टर रुद्र अर्याल अमेरिकाको ज्याफ्री रिंज रोटरी क्लबको अध्यक्ष निर्वाचित

डाक्टर रुद्र अर्याल अमेरिकाको न्यु ह्याम्सर राज्यको ज्याफ्री रिंज रोटरी क्लबको अध्यक्ष निर्वाचित भएका छन् । क्लबको सन् २०२४ -२०२५ को कार्यकालका लागि अर्याल निर्वाचित भएका हुन् ।

क्लबमा लामो समयदेखि सक्रिय रहदै सामाजिक सेवाका काममा सक्रिय भएकोले सदस्यहरुले अर्याललाई अध्यक्षमा चयन गरेको बुझिएको छ । क्लबको अध्यक्ष निर्वाचित हुंदा आफुलाई खुशी लागेको अर्यालले बताए ।

41D88F93-6371-4AB5-9535-E8666A7E121D.jpeg
अमेरिकामा रहेका नेपालीहरु यहांको मूल प्रवाहमा समाहित हुनुपर्छ भन्ने मान्यता राख्ने अर्याल नेपाली संघसंस्थामा पनि उत्तिकै सक्रिय छन् । उनी एनआरएनए अमेरिकाका पूर्व सल्लाहकार तथा संरक्षक समेत हुन् । र हाल एनआरएनए आईसिसिको सिटिजनसीप कमिटीको मेम्बर हुन् ।

अर्यालले न्यु ह्याम्सरमा रहेको अमेरिका कै एक प्रतिष्ठित युनिभर्सिटी मानिएको फ्र्यांकलिगं पियर्स युनिभर्सिटीमा आठ बर्षदेखि भौतिक शास्त्रको प्राध्यापन गर्दै आएका छन् ।

images
प्रकाशित मिति :आषाढ ७, २०८० बिहिवार - २२:३८:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend