एनआरएनए अमेरिकामा सक्रिय सरस्वती शर्मा (सरु)ले आगामी निर्वाचनमा महिला तर्फको बोर्ड अफ डाईरेक्टर पदमा उमेद्वारी दिने घोषणा गरेकी छन् ।
"२०१७ देखि ग़ैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिकाको विभिन्न कार्यक्रमहरुमा सक्रिय रुपमा सहभागी हुदै, बुझ्दै र सिक्दै आजको दिनसम्म आईपुग्दा विभिन्न टास्क फोर्समा काम गरेर आफुलाई निखार्ने मौका पाईयो। ओमेन्स ईम्पावरमेन्ट कमिटि, मिडिया टिमको सह संयोजक, मिडवेस्ट क्षेत्रको कार्य समिति सदस्य लगायतका विभिन्न समुहमा बसेर सबै फिल्डमा काम गर्ने र अनुभव लिईसकेपछि आज हजुरहरुको माझमा एनआरएनए एनसिसि युएसएको कार्यसमिति सदस्य (महिला) को रुपमा काम गर्ने इच्छा र परिवर्तनको चाहाना लिएर आएको छु ।" शर्माले आफ्नो घोषणाका क्रममा भनेकी छन् ।
नेपालमा संचार कर्ममा सक्रिय शर्माले एनसीसी अमेरिकाको ओमेन्स ईम्पावरमेन्ट कमिटि, मिडिया टिमको सह संयोजक, मिडवेस्ट क्षेत्रको कार्य समिति सदस्य लगायतका विभिन्न पदमा बसेर काम गरिसकेकी छन् ।
सरस्वती शर्मा (सरु )
उम्मेद्वार - एनआरएनए एनसिसि युएसए
बोर्ड अफ डायरेक्टर( वोमेन्स )
(२०२३-२०२५)