प्रदीप श्रेष्ठ अमेरिकामा सक्रिय एक व्यबसायी हुन् । सामाजिक कार्यमा पनि सक्रिय श्रेष्ठले नआरएनए अमेरिकाको निर्वाचनमा उठ्न खोजेका सामाजिक अभियन्ताहरुलाई केही प्रशन सोधेका छन्?
प्रदिप श्रेष्ठले आफ्नो फेसबुकबाट सोधेका प्रश्नहरु जस्ताको तस्ते यहां प्रस्तुत गरिएको छ;
- तपाई के का लागी एनआरएनएको चुनावमा उम्मेदवारी हुदै हुनुहुन्छ ?
- जुन पदमा तपाई चुनावमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, उक्त पदको लागी उपयुक्त छु कि छैन भनेर आफैलाई सोध्नुस।
- समाजसेवी बन्ने रहर हुदा तपाईको घर परिवार क़हर त हुने होईन ? ( हाम्रै समाजमा घटेका घट्नाले प्रमाणित भै सकेको छ )
- तपाई सामाजिक कार्यमा लाग्दा वा हिडडुल गर्दा तपाईको रेगुलर आम्दानी छैन भने घर परिवार कसरी चलाउनु हुन्छ ?
- आफुले काम नगरी घर परिवार चलाउन मुस्किल भएका साथिहरु पनि उम्मेदवार हुन खोज्दै हुनुहुन्छ अनि कसरी समाज सेवा गर्नुहुन्छ ?
- समाजसेवी बन्नु छ भने तपाई आफु बसोबास गरेको ठाउ, शहर मा तपाई लाई रुचाउने कति छन आफै मुल्यांकन गर्नुस, अर्का ले बनाई दिएको मत र यो शहर बाट यति मत अर्कों शहर बाट यति मत भनेर गन्दै बस्दा आफ्नो शहर बाट मत ल्याउन नसकि चुनाव जित्नु भयों भने त्यों जित तपाई को नैतिक हार हुनेछ ।
- मैले देखेंको छु - समाजसेवी बन्ने नाम मा उम्मेदवारी शुल्क र तपाई को आवत जावत खर्च अरु ले हाली दिएको , अनि के का लागी उम्मेदवार दिदै हुनु हुन्छ ? (पुराना उम्मेदवारहरुको प्रमाण चाहिए म संग सुरक्षित छ )
- संस्था र समाज को नाम भजाएर खादा र माला भिर्ने रहर भएका धेरै साथिहरु देखि सकिएको छ ।
- तसर्थ रहर ले उम्मेदवार दिनु अघि एकपटक आफु ले आफैलाई सोध्नुहोस ।
- यो मेरो व्यक्तिगत विचार हो कसै संग मेल खान गए माफ़ी चाहन्छु ।