अमेरिकाको टेक्ससमा गाडीको ठक्करबाट ज्यान गुमाएका श्रृजन ज्ञवालीको अन्त्यष्ठि गरिएको छ ।
ज्ञवालीका पारिवारिक नाता समेत रहनु भएका शिव काफ्लेका अनुसार टेक्सासका रहेका उनका साथीभाई र समाजका सामाजिक व्यक्तित्वहरुको उपस्थितीमा उनको अन्त्यष्ठि गरिएको हो । नेपाली समाज टेक्सास(एनएसटी) लगायतका संस्थाहरु र विभिन्न व्यक्तिहरुले सहयोग गरेको बुझिएको छ ।
शुरुमा नेपाल लैजाने भनिएपनि नेपालमा रहेको परिवारको सल्लाह र सहमतिमा अमेरिकामै अन्तिम संस्कार सम्पन्न गरेको पनि शिव काफ्लेले जानकारी दिए । काफ्लेका अनुसार शुक्रबार ६ दिन भएको र नेपालका परिवारले सोहीदिन अन्तिम संस्कारको काम गरिदिन आग्रह गरेपछि सो निर्णय गरिएको थियो ।
सोही दुर्घटनामा निधन भएका ११ बर्षिय बालक ईमेज कार्कीको कागजी प्रक्रिया चलिरहेकोले अन्तिम संस्कार गरिएको छैन ।