Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

म्याग्दिमा चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दिमा चट्याङ लागेर ४५ भेडा मरे

नेप्लिज डायस्पोरा

१०, आषाढ २०८०
images
म्याग्दिमा  चट्याङ लागेर ४५ भेडा मरे

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ फुर्केरुख खर्कमा चट्याङ लागेर ४५ भेडा मरेका छन् । 

अन्नपूर्ण–३ ठाडाका छकबहादुर पुनको गोठमा चट्याङ परेर भेडा मरेका हुन् । अन्नपूर्ण गाउँपालिकाको पशु सेवा शाखाका प्राविधिक प्रकाश जिसीले आज विहान १ बजेतिर परेको चट्याङले लागेर ४५  भेडा मरेका जानकारी दिनुभयो । 

“बिहानै कृषकले ४५  भेडा मरेको जानकारी गराएपछि हामीहरु घटनास्थलतर्फ जाने तयारीमा छौँ”, उहाँले भन्नुभयो “चरनका लागि लेकमा लगेका भेडा खर्कमा बास बसेको ठाउँमा चट्याङ पर्दा गोठाला पनि सामान्य घाइते भएका छन् ।” 

images
प्रकाशित मिति :आषाढ १०, २०८० आइतवार - ०९:१३:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend