बाल्टिमोर, अमेरिका
एनआरएनए अमेरिकाको निर्वाचनमा उमेद्वारहरुको लागि मनोनयन शुल्क बढि भएको भन्दै अमेरिकाका १७ वटा च्याप्टरकाअध्यक्षहरुले बिरोध जनाएका छन् ।
“हामीले फोन ग्रुपमा कुरा गर्यौं र विज्ञप्ति निर्वाचन समितीको ईमेलमा पठाएका छौं । आशा छ केही कम गर्ने निर्णय हुनेछ।” भर्जिनिया च्याप्टरका अध्यक्ष सुबोध रेग्मीले भने ।
बढि शुल्क तोकिदिदा काम गर्न ईच्छुक तर पैसा नभएकाहरुलाई अप्ठेरो पर्ने भन्ने आशय अध्यक्षहरुले व्यक्त गरेका छन् ।
उनीहरुले एक प्रेस विज्ञप्ति जारी गर्दै मनोनयन शुल्क कम गर्न पनि माग गरेका छन् ।
निर्वाचन समितीले आज मंगलबारदेखि विभिन्न ५४ पदमा उमेद्वारी आव्हान गरेको छ । सबैभन्दा बढि शुल्क एनसीसीअमेरिकाको अध्यक्ष पदका लागि ३५ सय डलर छ भने सबैभन्दा कम च्याप्टर सदस्य पदमा २०० डलर रहेको छ ।
हेर्नुहोस च्याप्टर अध्यक्षहरुको विज्ञप्ति
कुन पदमा कति शुल्क?