एनआरएनए अमेरिकाको मेरिल्याण्ड च्याप्टरमा कुल गुरुगंको प्यानलले एकसाथ उमेद्वारी दर्ता गरेको छ ।
मनोनयन पत्रदर्ता गर्ने दिनको पहिलो दिन नै पुरै टिम एकठांउमा बसेर मनोनयन पत्र दर्ता गरेको टिमका एक सदस्यले बताए । दर्ता गर्ने बेलामा उमेद्वारहरुका शुभेच्छुक र सहयोगीहरु पनि उपस्थित थिए ।
कुल टिमबाट उपाध्यक्षमा किरण पण्डित, महिला उपाध्यक्षमा सृजना न्यौपाने, सचिवमा गोविन्द सापकोटा, महिला सचिवमा कुसुम खड्का, कोषाध्यक्षमा लोकनाथ मरासिनी, युवा संयोजकमा दामोदर पौडेल, महिला संयोजकमा गिता सुवेदी र सदस्यमा बाबुराम भट्टराई, मनलाल जैसी, मोनिका लामिछाने, विजय अधिकारी रहेका छन् ।
