गत जुन १७ मा लङभिउ टेक्ससमा सवारी दुर्घटनामा परि मृत्यु हुने ११ वर्षिय बालक इमेज कार्किको आज अन्तेष्टि कर्म सम्पन्न भएको छ ।
टेक्सासको वेभ चपेल डालसमा सम्पन्न श्रद्धाञ्जली एवं अन्तेष्टि कार्यमा नेपाली समाज टेक्सस, बालक ईमेजका परिवारको सदस्यहरु ईष्टमित्रहरुको उपस्थिती रहेको टेक्सासबाट सामाजिक अभियन्ता शिव काफ्लेले जानकारी दिएका छन् ।
सोही दुर्घटनामा परि निधन भएका श्रृजन ज्ञवालीको गत सुक्रवार नै अन्तेष्टि गरिएको थियो।