Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

लस एन्जल्समा सामाजिक अभियन्ता र पत्रकारबीच अन्तर्क्रिया

लस एन्जल्समा सामाजिक अभियन्ता र पत्रकारबीच अन्तर्क्रिया

नेप्लिज डायस्पोरा

१४, आषाढ २०८०
images
लस एन्जल्समा सामाजिक अभियन्ता र पत्रकारबीच अन्तर्क्रिया

लसएन्जल्स ।
नेपाल अमेरिका पत्रकार संघ(नेजा)ले सोमबार क्यालिफोर्नियाको लसएन्जल्स वरपर सक्रिय सामाजिक संघ संस्थामा क्रियाशिल सामाजिक अभियन्ताहरूसँग अन्तर्किया सम्पन्न गरेको छ ।


सामाजिक अभियन्ता - पत्रकार अन्तरक्रियामा सहभागी सामाजिक अभियन्ताहरूले नेपाली समुदायको निम्ति पत्रकारहरूको भूमिका प्रशंसनीय रहेको उल्लेख गर्नुभयो ।

EDF8121A-5AFB-49F6-AB7E-11845FD2E7DE.jpeg
नेजा अध्यक्षलाई स्वागत र सम्मान गर्दै 


उहाँहरूले कतिपय समाचार सामग्री प्रचार जस्तो मात्र देखिने गरेको उल्लेख गर्नुहुँदैं त्यसले बास्तबिक पत्रकारिताको मर्मलाई मार्ने काम गरेको औल्याउनुभयो ।


तथ्यमा आधारित पत्रकारिता गर्न र समुदायलाई एकताबद्द बनाउन अझ सक्रियता पूर्वक लाग्न सामाजिक अभियन्ताहरूले जोड दिनुभयो । सहभागीहरूले नेजाले समुदाय र पत्रकारलाई जोड्ने कसीको रूपमा काम गर्नुपर्नेमा धारणा राख्नुभयो ।

6F77BE22-4CEA-454A-8D18-B88E07C7975E.jpeg
सो अवसरमा नेपाल सरकारका महावाणिज्यदुत रिषी ढकालले नेजा र नेजा सम्बद्द पत्रकारहरूले समुदायका लागि खेल्दैं आउनुभएको भूमिकाको प्रशंसा गर्नुहुँदैं समुदाय अनि नेपालका लागि संस्थागत ढंगबाट अझ योगदान नेजाबाट हुने बिश्वास आफूले लिएको बताउनुभयो ।

53980EB7-E2AA-4E79-8996-5E87512EC23E.jpeg
सो अवसरमा श्री पशुपतिनाथ फाउण्डेशन , युएसएका अध्यक्ष तथा नेजाका आजिवन सदस्य रामेश्वर भण्डारी हामी नेपाली ग्लोबल, अन्तराष्ट्रिय समितिका अमृत लामा,एनआरएनए, अमेरिकाका बोर्ड अफ डाईरेक्टर ज्ञानेन्द्र गुरूङ, एनआरएनए, अमेरिका, क्याक्यालिफोर्निया राज्य च्याप्टरका अध्यक्ष एकदेव शर्मा, एनआरएनए, अमेरिका, न्यूयोर्क राज्य च्याप्टरका उपाध्यक्ष शोभाकान्त पाण्डे, श्री पशुपतिनाथ फाउण्डेशन , युएसएका महासचिव सिद्दार्थ सिलवाल, तामाङ सोसाईटी, नर्थ अमेरिकाका बरिष्ठ उपाध्यक्ष टेक बाईबा लामा, नेवा अर्गनाईजेशन , लस एन्जल्सका पूर्व अध्यक्ष, बिमल श्रेष्ठ , हामी नेपाली ग्लोबल, अमेरिकाका अध्यक्ष ईन्दिरा त्रिपाठी, एनआरएनए, अमेरिका, क्यालफोर्नियाका सल्लाहकार रामचन्द्र लामिछाने, एनआरएनए पूर्व आईससी सदस्य दिल श्रेष्ठ, सामाजिक अभियन्ता ईन्द्रराज पाण्डे , नेपाल अमेरिका एकता समाजका उपाध्यक्ष अर्जुन पौडेल ,हामी नेपाली ग्लोबल, अमेरिकाका सचिव सूर्य सिम्खडा ,  समाजिव अभियन्ता लाकेश श्रेष्ठ, , सुदुर पश्चिम समाज, लस एन्जल्सका हेम ठकुल्ला, सामाजिक अभियन्ता विनोद चापागाई, एफ वन समुहका संसथापक विष्णु सुबेदी,समाजिक अभियन्ताहरू माधव पाण्डे, देविका पाण्डे, रामशरण पाण्डे लगायतको उपस्थिति रहेको अन्तरक्रियामा नेजामार्फत सबै संचारकर्मी माझ पुग्न सकिने गरी कार्य अघि बढाउन सहभागीहरूको सुझाव थियो ।


सो अवसरमा नेपाल अमेरिका पत्रकार संघका अध्यक्ष सुरज भण्डारीले पत्रकार र सामजिक संघ संस्था र सामाजिक अभियन्ताहरूलाई जोड्ने कार्य नेजाले गर्दैं आएको बताउनुभयो । संभव भएसम्म नेपाली संघ संस्थाको सक्रियता रहेको सबै राज्य र शहरमा नेजाले अन्तरक्रिया गर्दै जाने उल्लेख गर्नुभयो ।

734027ED-07F9-42F3-9CC2-A0C756F24388.jpeg
अन्तरक्रिया कार्यक्रम


सो अवसरमा संघका पश्चिम क्षेत्रका क्षेत्रीय संयोजक रोशन अधिकारीले कार्यक्रममा सहभागी सबैलाई धन्यवाद दिनुहुँदैं अन्तरक्रियाले समुदाय र पत्रकार बीच सम्बन्ध बढाउन भूमिका खेल्नेमा जोड दिनुभयो ।


अन्तरक्रियामा सहभागीनेजाका विधान समिति संयोजक अग्नी चौलागाई, नेजा सदस्य उपेन्द्र सापकोटा, नेजा सदस्य उत्तम धमला , नेजासदस्य शुभाष कार्की, संचारकर्मी प्रस्मिता शर्मा लगायतका पत्रकारहरूले कहिले काही समुदायले अपेक्षा बढी गर्ने तर परिस्थितिका कारण अपेक्षा अनुरूप पत्रकारले काम गर्न सकिरहेका छैनन् भनेर पनि समुदायले बुझ्नुपर्ने र सम्भव भएसम्म कार्यक्रमको विवरण उपलब्ध गराउन सक्दा त्यो उपयोगी हुनेमा जोड दिनुभयो ।

images
प्रकाशित मिति :आषाढ १४, २०८० बिहिवार - २३:३७:१४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend