Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए टेक्सास च्याप्टरको सचिवमा निश्चल चापागाई निर्विरोध

एनआरएनए टेक्सास च्याप्टरको सचिवमा निश्चल चापागाई निर्विरोध

नेप्लिज डायस्पोरा

२०, आषाढ २०८०
images
एनआरएनए टेक्सास च्याप्टरको सचिवमा निश्चल चापागाई निर्विरोध

एनआरएनए टेक्सास च्याप्टरको सचिव पदमा निश्चल चापागाई निर्विरोध निर्वाचित भएका छन् । 

टेक्सास राज्यमा अध्यक्ष र सदस्यहरु बाहेकका अन्य पदमा निर्विरोध भएको जानकारी प्राप्त भएको छ । 

एक जना चाहिने अध्यक्ष पदमा पांच जनाको उमेद्वारी परेको छ ७ जना चाहिने सदस्य पदमा ९ जनाको उमेद्वारी परेको बुझिएको छ । 

सचिवमा निर्वाचित भएका निश्चल टेक्सासमा सबैले मन पराएका यूवा व्यक्तित्व हुन् । सामाजिक कामहरुमा सधै सक्रिय हुने निश्चल नेपालदेखि ने संचारकर्मका रुची राख्ने यूवा हुन्।

उपाध्यक्षमा निकेश पोखरेल, महिला उपाध्यक्षमा मनिता मानन्धर, महिला सचिवमा दिपा कार्की, कोषाध्यक्षमा विनोद कुमार साह र च्याप्टर यूवा संयोजकमा आकाश अधिकारी पनि निर्विरोध निर्वाचित भएका छन् ।

अध्यक्ष पदमा दिपेन्द्र गुरागाई, प्रदिप चौलागाई, प्रयास बांस्तोला, राम यादव र रामबाबु गुप्ताको उमेद्वारी परेको छ ।

यसैगरी सदस्य पदमा विपिन यादव, विश्वास भुषाल, निलेश श्रेष्ठ, राजेश अधिकारी, राम अधिकारी, समिर रिजाल, सुवास बन्जाडे, सुरेश केसी र बिष्णु भण्डारीले उमेद्वारी दिएका छन् ।

निर्वाचन समितिले जारी गरेको टेक्सास राज्यका उमेद्वारहरुको  नामावली यसप्रकार छ :

A6B6E4B2-4B9F-4CAC-B964-3D3992A56E55.jpeg

 

images
प्रकाशित मिति :आषाढ २०, २०८० बुधवार - ०३:५९:४३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend