Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

टेक्सासको अष्टिनमा दिलु पराजुली समुहको चुनावी सभा सम्पन्न

टेक्सासको अष्टिनमा दिलु पराजुली समुहको चुनावी सभा सम्पन्न

नेप्लिज डायस्पोरा

२३, आषाढ २०८०
images
टेक्सासको अष्टिनमा दिलु पराजुली समुहको चुनावी सभा सम्पन्न

बिष्णु बराल

अस्टिन टेक्सास/

गैर आवाशिय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका (एनआरएनए एनसीसी अमेरिका) को आगामी कार्यकालको लागी अध्यक्ष पदका उम्मेदवार डीलु पराजुली तथा सहयोगी साथिहरुले निकट भविष्यमा हुन गहीरहेको चुनावमा अहीलेसम्म गरेको काम र संस्था प्रतिको इमान्दारीताको कारणले विजय प्राप्त गर्ने विश्वास ब्यक्त गरे कथंकदाचित पराजित भए पनि समानान्तर संस्था नचवाउने , संस्थामा ऑचपुग्ने कुनै पनि काम नगर्ने प्रतिबद्धता जनाए।


टेक्सासको अष्टीनमा भएको उक्त भेटघाट कार्यक्रममा अध्यक्षका प्रत्यासी पराजुलीले विगतमा आफुले पाएको जिम्मेवारी पुरागरेको , भाषणमा हैन काममा बिश्वास गर्ने हुनाले हाम्रो समुहलाई बिजय गराउन आग्रह गरे।


हामी चुनावमा फेस रीडीगं होस भन्ने चाहन्छौ मात्र भनेनन् त्यस भन्दा माथि उठेर फिजिकल उपस्थिति भएर चुनाव गराउन चाहेको भनेर आफु र आफ्नो टीम निष्पक्ष निर्वाचनमा रहेको दलिल पनि प्रस्तुत गरे।
नेपाली फिलिमका निर्देशक एवं निर्देशक संघका पुर्व अध्यक्ष नारायण पुरीले कलात्मक सैलिमा संचालन गर्नु भएको उक्त कार्यक्रममा एनआरएनए आई सी सी सदस्यहरु बिनोद तिवारी र नारायण कडेलले यो समुहमा रहेको सदस्यहरु अनुभवी र बौद्धक रहेकोले अबको एनआरएनए एनसीसी अमेरिकाले अझ बढी गति लिने बिश्वास व्यक्त गरे । यस्तै उक्त कार्यक्रममा ग्रेटर अष्टीनका संयोजक भोजराज भट्टले पनि संबोधन गरेका थिए।


अध्यक्षका उम्मेदवार डिलु पराजुलीले कार्यक्रमा उपस्थित आफ्नो सहयोगी साथिहरु, बरिष्ठ उपाध्यक्ष अंजन चौलागाई, उपाध्यक्षहरु सन्तोष पाहाडी, राजीव श्रेष्ठ, भानु खरेल, राज ढुंगाना महिला उपाध्यक्ष सुन्दरी गुरुगं, युथ उपाध्यक्ष अनुप खनाल, महासचिवका उम्मेदवार रामहरी अधिकारी, कोषाध्यक्षका उम्मेदवार सरोज सिग्देल, सह कोषाध्यक्ष रवि सिंह बस्नेत, महीला संयोजक मुना तिवारी, युवा संयोजक विश्व किरण थापा बोर्ड सदस्यहरु बिष्णु बराल, डा. गंगाधर आचार्य, नवराज न्यौपाने ,लक्ष्मण दर्लामी, इन्द्र राज पाण्डे , दिवाकर भट्ट र दुर्गा तिवारीको त्यस्तै आई सी सी उम्मेदवार टंकराज रेग्मी , साम्बा लामीछाने , साउथ रिजनल कोअर्डीनेटर साउथका दिलीप बॉनीयाको सामान्य परिचय राख्नुभएको थियो।


कार्यक्रममा निवर्तमान कोषाध्यक्ष नेत्र बन्धु पोखरेल, समाजसेवी कौशल यादव, टेक्सास राज्यका अध्यक्षका उम्मेदवार प्रदीप चौलागाई र राम कृष्ण यादव सचिवका उम्मेदवार शुमा कार्की र कोषाध्यक्ष बिनोद कुमार शाहको पनि उपस्थिति थियो ।


उक्त कार्यक्रममा उपस्थित महानुभावहरुलाई दिपक हुमगॉईले स्वागत गर्नु भएको थियो ।

images
प्रकाशित मिति :आषाढ २३, २०८० शनिवार - २०:२२:३३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend