Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

मेरिल्याण्डमा डिलु पराजुली समूहको कार्यक्रम भव्यतापूर्वक सम्पन्न

मेरिल्याण्डमा डिलु पराजुली समूहको कार्यक्रम भव्यतापूर्वक सम्पन्न

नेप्लिज डायस्पोरा

२, श्रावण २०८०
images
मेरिल्याण्डमा डिलु पराजुली समूहको कार्यक्रम भव्यतापूर्वक सम्पन्न

बिष्णु बराल

बाल्टिमोर, मेरिल्याण्ड

गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०२३ -२०२५ को कार्यकालका लागि हुन गइरहेको निर्वाचनमा डिलु पराजुली समूहको उम्मेद्वारी तथा भेटघाट कार्यक्रम यही जुलाई १६ का दिन मेरिल्याण्डको बाल्टिमोर शहरमा भव्यताका साथ सम्पन्न भएको छ ।

उत्साहजनक रुपमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल पारिदिनुहुने मेरिल्याण्ड राज्यका विभिन्न संघ संस्थाका अध्यक्ष तथा पदाधिकारीहरू एनआरएनए एनसीसी अमेरिकाका अभियन्ताहरू, सामाजिक अभियन्ताहरू, संचारकर्मीहरू तथा आम मतदाताहरूप्रति आयोजक समितिले हार्दिक आभार तथा धन्यवाद प्रकट गरेको छ ।

583F225E-4DD2-40E1-A5EA-E0815186DE63.jpeg
तस्वीर: निलम गाउंले

उक्त समूहको तर्फबाट एनआरएनए एनसीसी बोर्ड अफ डाइरेक्टर पदका उम्मेदवार विष्णु बरालका अनुसार स्थानीय माउण्ट एभरेस्ट रेष्टुरेण्टमा सम्पन्न भएको उक्त कार्यक्रममा सहभागीहरूको उपस्थितिले हल खचाखच भरिएको थियो ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरका अध्यक्ष राजु पराजुलीको सभापतित्वमा सम्पन्न भएको र मिलनजंग कटुवालले सन्चालन गर्नुभएको उक्त कार्यक्रममा एनआरएनए आइसीसी महासचिव डा. केशव पौडेलले डिलु पराजुलीको समूहले आफूहरू निर्वाचनमा पराजित भएपनि अर्को समानान्तर समिति बनाएर हिंड्दैनौ भनेको र यो समूह सबै दृष्टिले उत्कृष्ट भएकोले यही समूहको पक्का जीत हुने दावी गर्नुभयो ।

47DB2763-E081-41E1-A95A-E9AFAF46A4BD.jpeg
तस्वीर:निलम गाँउले

त्यस्तै नेपाली जनसम्पर्क समिति अमेरिकाका केन्द्रीय सभापति तथा एनआरएनए एनसीसी अमेरिकाका सल्लाहकार सुभाष घिमिरेले आफूले यो भूमिमा उभिएर समर्थन गरेको उम्मेदवारले सदैव विजय प्राप्त गर्दै आएको इतिहास रहेको स्मरण गराउॅंदै यसपटक आफ्नो समर्थन डिलु पराजुलीको समूहलाई भएकोले यही समूहको विजय निश्चित भएको ठोकुवा गर्नुभयो ।

एनआरएनए एनसीसी अमेरिकाका संरक्षक विश्व बरालले विगतमा आफ्नो नेतृत्व क्षमता देखाइसकेको डिलु पराजुलीको समूह सबै दृष्टिले उत्तम भएकोले यही समूहको जीत निश्चित भएको उल्लेख गर्दै अब निर्वाचन अघिका केही दिनहरू विश्राम नगरी अभियानमा खटिरहन उम्मेदवारहरूलाई आग्रह गर्नुभयो ।

एनआरएनए मेरिल्याण्ड च्याप्टरका संस्थापक अध्यक्ष जेदु पोखरेलले भर्खरै गैर आवासीय नेपाली नागरिकता प्राप्त हुने बाटो खुलेपनि गैर आवासीय नेपालीहरूका समाधान गर्नुपर्ने अन्य थुप्रै समस्याहरू रहेको उल्लेख गर्दै ती समस्याहरूको समाधानका लागि निरन्तर जुटिरहन उम्मेदवारहरूलाई आग्रह गर्नुभयो ।

सो अवसरमा डिलु पराजुली समूहका उम्मेदवारहरू अन्जन चौलागाईं, राजीव श्रेष्ठ, सन्तोष पहारी, भानु खरेल, राज ढुंगाना, सुन्दरी गुरुंग, अनुप खनाल, रामहरि अधिकारी, एकदेव शर्मा, उर्मिला श्रेष्ठ, सरोज सिग्देल, रविसिंह बस्नेत, मुना तिवारी, विश्व किरण थापा , डोलनाथ घिमिरे, उत्तम कार्की, टंक रेग्मी, साम्ब लामिछाने, विष्णु बराल, नवराज न्यौपाने, मोहन कुसारी, बल राई, बासुदेव भट्ट, , ईन्द्रराज पाण्डे, दिवाकर भट्ट, दुर्गा तिवारी, इन्द्र थापा, नेत्र केसी लगायतले आफ्नो परिचय सहित मन्तव्य राख्नुभएको थियो । स्थानीय मेरिल्याण्ड च्याप्टरका अध्यक्ष पदका प्रत्यासीद्वय कुल गुरूंग र प्रेम सुवेदी लगायत एनआरएनए एनसीसी अमेरिकाका सल्लाहकार रामचन्द्र अधिकारी, चितवन समाज अमेरिकाका अध्यक्ष आनन्दकृष्ण घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीका अमेरिका संयोजक रमेश भट्ट, साथी बाल्टिमोरका अध्यक्ष प्रविण खड्का, एनआरएनए एनसीसीका पूर्व बोर्ड सदस्य दुर्गाप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

DB126276-3211-4029-8EBA-1FEAE194A0C4.jpeg
तस्वीर:निलम गाँउले

उक्त कार्यक्रममा समाजसेवी नारायण थापा, राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य मोहन जंग थापा, एनआरएनए एनसीसी अमेरिकाका संरक्षक शिवराज पौडेल, आईसीसी सदस्य नारायण कडेल, एनआरएनए नर्थ क्योरोलिना च्याप्टरका निवर्तमान अध्यक्ष कुलानन्द शर्माको मोनाका अध्यक्ष अमर छन्त्याल, बानाका अध्यक्ष सुबोध विलास पन्त, बाना ट्रस्टीका अध्यक्ष कुलमणि आचार्य, समाजसेवी श्यामकृष्ण घिमिरे, टंक कुवर, काजीवावु कार्की, रविलाल सुनार, दमन विक्रम शाह , बानाकी बरिष्ठ उपाध्यक्ष लक्ष्मी भारती, रिचा शाह गायक श्रीजना थापा, गायक राजन ठकुरी, उदय भट्टराई , चलचित्र निर्देशक बाबुराम ढकाल, डाक्टर सन्तोष घिमिरे, कोलोराडो च्याप्टरका पूर्व अध्यक्ष कुमार जंग कार्की , भर्जिनिया का सुबोध रेग्मी समेतको उपस्थिति रहेको थियो । यस्तै पत्रकारहरु सतिस चापागाई, सन्देश खड्का, निलम थापा, सुरेश कोईराला पनि कार्यक्रममा उपस्थित हुनुहुन्थ्यो ।

 

images
प्रकाशित मिति :श्रावण २, २०८० मंगलवार - ०४:२८:३८ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend