Logo

बिहिवार, आश्विन १५ गते २०८३   |   2026 October 01

images

images

आप्रवासी नेपालीहरूको हितमा लागि पर्नेछु - बिष्णु बराल, उमेद्वार बोर्ड अफ डाइरेक्टर

आप्रवासी नेपालीहरूको हितमा लागि पर्नेछु - बिष्णु बराल, उमेद्वार बोर्ड अफ डाइरेक्टर

नेप्लिज डायस्पोरा

३, श्रावण २०८०
images
आप्रवासी नेपालीहरूको हितमा लागि पर्नेछु - बिष्णु बराल, उमेद्वार बोर्ड अफ डाइरेक्टर

“बोर्ड अफ डाइरेक्टर भएर म हमेशा आप्रवासी नेपालीहरूको हितमा दत्तचित्त भएर लागि पर्नेछु ।” एनआरएनए अमेरिकाको आसन्न निर्वाचनमा बोर्ड अफ डाईरेक्टर उमेद्वार बिष्णु बराल भन्छन ।

“आकाशका तारा झार्ने असंभव वाचा कसम म खान्न तर म निर्वाचित भए लगत्तै नेपाली डायस्पोराको मुद्धालाई सशक्त आवाज दिने कार्यमा म सदैव लागिरहने छु ।” बरालले भने ।

त्रिभुवन विश्वविद्यालयबाट फिजिक्समा MSC गरेका बराल नेपालदेखि नै बिभिन्न सामाजिक संस्थाहरुमा सक्रिय भएर समाजसेवामा लागेका यूवा हुन् । करिव एकदशक अगाडी अमेरिका आईसकेपछी पनि क्रियाशील छन् ।

उनले  एनआरएनए मेरिल्याण्डको २०१७-२०१९ मा कोषाध्यक्ष, २०१९-२०२१ सचिव र २०२१ - हालसम्म एनआरएनए एनसीसी अमेरिकाको एजुकेशन एण्ड स्कील डेप्लमेन्ट कमिटी  संयोजक भएर जिम्मेवारी पुरा गरिसकेका छन्।

एक प्रतिष्ठित कम्पनीमा QA/QC  engineer को रुपमा काम गर्दै  आएका बराल हाल बाल्टिमोरमा मेरील्याण्डमा श्रीमती, एक छोरा एक छोरीका साथ बिगत एघार बर्षदेखी बसोबास गर्दै आएको छन् ।

images
प्रकाशित मिति :श्रावण ३, २०८० बुधवार - ०७:५८:५७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend