Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

एनआरएनए अमेरिकामा तेत्तिस प्रतिशत मत खस्यो, दुई घण्टा अबधी बढ्यो

एनआरएनए अमेरिकामा तेत्तिस प्रतिशत मत खस्यो, दुई घण्टा अबधी बढ्यो

नेप्लिज डायस्पोरा

७, श्रावण २०८०
images
एनआरएनए अमेरिकामा तेत्तिस प्रतिशत मत खस्यो, दुई घण्टा अबधी बढ्यो

एनआरएनए अमेरिकामा तेत्तिस प्रतिशत मत खसेको निर्वाचन समितिले जनाएको छ ।

निर्वाचन समितिले एनआरएनए सदस्यहरुलाई केही समय अगाडी पठाएको ईमेलमा सो जानकारी गराएको हो ।कुल १३ हजार ६ सय ९१ सदस्यहरु मध्ये आज ३ बजेसम्मा ४५ सय ४२ मत खसेको ईमेलमा उल्लेख छ।

विहान आठ बजेदेखि मतदान प्रक्रिया चलिरहेको छ । केही सदस्यहरुलाई विहानै मतदान लिंक गएपनि केही सदस्यहरुलाई १० बजेपछि मात्र लिंक गएको थियो ।

सोही कारण विहान केही समय निर्वाचन समिति र निर्वाचन प्रक्रियाप्रति सामाजिक संजालहरुमार्फत तिब्र असन्तुष्टि प्रकट भएको थियो । यहि समस्यालाई मध्यनजर गर्दै निर्वाचन समितिले भोली दुई घण्टा समय थपेको छ । जसअनुसार अब सदस्यहरुले न्यु योर्क समय १० बजेसम्ममा मतदान गर्न पाउने छन् ।

एनआरएनए अमेरिकाको अध्यक्ष पदमा डिलु पराजुली र डाक्टर अर्जुन बन्जाडे उमेद्वार छन् । आईसीसी सदस्य, एनसीसी पदाधिकारी र च्याप्टर पदाधिकारीहरु सहित झण्डै पाचं दर्जन उमेद्वार मैदानमा छन् ।

फेस भेरिफिकेशन प्रक्रिया अपनाएर पहिलो पटक एनआरएनए अमेरिकाको निर्वाचन सम्पन्न हुदैछ । लिंक आउने समयमा प्राबिधिक कमजोरी देखिएपनि मतदानको कार्य सजिलैसंग अगाडी बढेको मतदानमा सक्रिय स्वयंसेवकहरु बताउछन् । 

 

5A80AA94-9F60-49F1-9981-7D3EA5DEA726.jpeg
undefined

 

images
प्रकाशित मिति :श्रावण ७, २०८० आइतवार - ०२:१८:३४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend