Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

सुदुरपश्चिम समाज मेरिल्याण्डले गौरा पर्वको आयोजना गर्दै

सुदुरपश्चिम समाज मेरिल्याण्डले गौरा पर्वको आयोजना गर्दै

नेप्लिज डायस्पोरा

९, भाद्र २०८०
images
सुदुरपश्चिम समाज मेरिल्याण्डले गौरा पर्वको आयोजना गर्दै

रोशनबहादुर सिंह

अमेरिका

अमेरिकाको मेरिल्याण्डमा रहेको सुदुरपश्चिम समाजले आफ्नो मौलिक गौरा पर्वलाई बिशेष रुपमा मनाउने भएको छ । आइतबार हुने यो कार्यक्रममा समाजले विभिन्न नाचगानका साथ कलाकारलाई पनि बोलाउने तयारी गरेको छ । सुदुरपश्चिमको विशेष चाँड बानिने यो पर्वका अवसरमा समाजले डेउडाको पनि आयोजना गर्ने भएको छ ।

सुदुरपश्चिम समाज मेरिल्याण्डका अध्यक्ष दमनविक्रम शाहको अगुवाईमा यो कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रमलाई सफलरुपमा सम्पन्न गर्नका लागि समाजले विभिन्न कमिटीहरु बनाएको छ । जसमा समाजका सक्रिय ब्यत्तिहरुलाई संलग्न गरेको छ ।

यो समाजले गौरा पर्वलाई पछिल्लो केहि समयदेखि गर्दै आएको छ । नेपालको सुदुरपश्चिमका नौं वटा जिल्लाबाट आएर अमेरिकाको मेरिल्याण्डमा बस्दै आएकाहरुका लागि यो पर्व सबैसँग भेट्ने अवसरका रुपमा पनि लिइएको छ ।

सुदुरपश्चिमको कला, संस्कृती, भेषभुषा र खानपान झल्किने तरिकाले यो पटकको गौरा पर्वको आयोजना हुन लागेको हो । जसका लागि समाजले करिव एक महिना अगाडी देखि नै तयारी सुरु गरेको थियो ।

कार्यक्रमलाई सफल बनाउनका लागि ६ वटा कमितीहरु बनाइएको छ । जसमा ५० भन्दा बढि सदस्यहरु सहभागि गराइएको छ । कार्यक्रममा केहि बिशेष अथितीको उपस्थिती हुने बताइएको छ ।

कार्यक्रम आइतबार दिउसो १२ बजेबाट सुरु भएर साँझ सात बजे सकिने बताइएको छ । यो कार्यक्रमको ब्यवस्थापन समितीको संयोजक भीम बिके रहेका छन । कार्यक्रम फल्स रोड टिमोनियममा हुने बताइएको छ ।

275D8927-0B41-4BE3-835C-8027B640BF23.jpeg
undefined

images
प्रकाशित मिति :भाद्र ९, २०८० शनिवार - ०५:२१:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend