Logo

मंगलवार, श्रावण २६ गते २०८३   |   2026 August 11

images

images

ईलिनोइज च्याप्टरको सपथ ग्रहण तथा विदाई कार्यक्रम सम्पन्न

ईलिनोइज च्याप्टरको सपथ ग्रहण तथा विदाई कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

१५, भाद्र २०८०
images
ईलिनोइज च्याप्टरको सपथ ग्रहण तथा विदाई कार्यक्रम सम्पन्न

सरस्वती शर्मा

(विस्कन्सिन अमेरिका )

२०२३ अगस्त ३१-


गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका ईलिनोइज च्याप्टरको सपथ ग्रहण तथा विदाई कार्यक्रम सम्पन्न गरेको छ ।

२०२१-२०२३ कार्यकालका अध्यक्ष इन्द्रकान्त चौधरिको को सभापतित्व तथा मध्यपस्चिम क्षेत्रका संयोजक महेन्द्र बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नवनिर्वाचित अध्यक्ष बलराम पोखरेल , समाजसेवि खेम पाठक , नेपाली जनसम्पर्क समिति इलिनोइज च्याप्टरका कार्यवाहक सभापति कृष्ण खनाल लगायत धेरै संघ सस्थाका प्रमुख तथा प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।

34CF54BF-4E44-4F04-9B77-9F7B9CB336CB.jpeg
तस्वीर: आयोजक



कार्यक्रममा निवर्तमान समितिलाइ सम्मान तथा बिदाइ गरिएको थियो भने नव निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्य हरुलाइ नव निर्वाचित च्याप्टर अध्यक्ष बलराम पोखरेलले सपथ ग्रहण गराउनु भएको थियो ।

कार्यक्रममा लुम्बिनि सास्कृतिक नगरपालिकाका प्रतिनिधि तुलसिराम लामिछानेले इलिनोइज च्याप्टर बाट निर्वाचित कार्यसमितिलाइ सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो ।

CD1BCDF3-D43E-4D6F-9B76-BEA7FC8AFEDA.jpeg
तस्वीर: आयोजक

कार्यक्रमका प्रमुख अतिथि रहनु भएका मध्य पश्चिम क्षेत्रका संयोजक बस्नेतले आफु पदका लागि मात्र नभएर सस्थामा काम गर्न आएको बताउदै आफ्नो २ बर्षे कार्यकालमा सबै संघ सस्थाहरु संग हातेमालो गरेर आफु काम गर्न तयार रहेको बताउनु भयो। उहाले सबै सस्था हरुलाइ एक आपसमा मिलेर काम गर्न आग्रह पनि गर्नुभएको थियो।

कार्यक्रममा बोल्ने अधिकांस अतिथिहरुले नया समिति लाइ मिलेर काम गर्नका लागि आग्रह गर्दै आफु हरुले हरेक सकरात्मक कार्य हरुमा सहयोग गर्न तयार रहेको बताउनु भएको थियो ।

F6E9D3EF-930A-43AE-80C1-69BE2123B4BD.jpeg
तस्वीर: आयोजक

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०४:२९:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend