photo credit-accuweather
फ्लोरिडा राज्य हुँदै गएको हुरिकेन इडालियाले मल्टिबिलियन डलरको क्षेती गरेको प्रारम्भिक अनुमान गरिएको छ । फ्लोरिडा हुँदै गएको हुरिकेनले असर गरेको छ । त्यसमा पनि फ्लोरिडामा बिढ क्षती गरेको छ ।
रिपोर्टका अनुसार प्रारम्भिक अनुमानमा यो हुरिकेनले १२ देखि २० बिलियन डलरको क्षती गरेको बताइएको छ । तर यसले जति क्षती गर्ने अनुमान गरिएको थियो, त्यो भन्दा कम भएको विश्लेषकहरुले बताएका छन ।
हुरिकेन इडालियाले फ्लोरिडाको बिग बेन्ड एरियामा ठूलो क्षती गरेको छ । बुधबार यो क्षेत्रबाट हुँदै यो हुरिकेन अगाडी बढेको थियो । यसलाई बिज्ञहरुले थ्री स्ट्रोमको हुरिकेन भनेका छन । तर यो गर्त बर्ष फ्लोरिडामा नै गएको हुरिकेन इयान भन्दा कम भएको बताइएको छ । सो हुरिकेन स्ट्रोम फोरमा राखिएको थियो । त्यसले अमेरिकामा कुल एक सय १२ दशमलव नौं बिलियन डलरको क्षती गरेको थियो ।
यो पटकको हुरिकेन बस्तिहरु कम भएको क्षेत्रबाट गएकाले पनि क्षती अनुमान भन्दा कम भएको बताइएको छ । यो हुरिकेनले फ्लोरिडासँगै जर्जिया, नर्थ क्यारोलिन, साउथ क्यारोलिनमा पनि असर गर्न सक्ने बताइएको छ ।
हुरिकेनको पूर्व जानकारी भएकाले पनि मानिसहरुलाई सुरक्षित ठाँउमा यसअघि नै सारिएको थियो । तरपनि यसले आफ्नो रुटमा रहेका सबै कुरामा क्षती पुर्याएको छ ।