Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

सरु गुरागाईंलाई क्यान्सर भएपछि श्रीमानले गरे सहयोगको याचना

सरु गुरागाईंलाई क्यान्सर भएपछि श्रीमानले गरे सहयोगको याचना

नेप्लिज डायस्पोरा

१५, भाद्र २०८०
images
सरु गुरागाईंलाई क्यान्सर भएपछि श्रीमानले गरे सहयोगको  याचना

आफ्नो सुमधुर स्वर, कला र गलाका माध्यमबाट नेपाली छन्द कवितालाई वाचन गरेर चर्चा कमाएकी सरु गुरागाईलाई क्यान्सर भएको समाचार सार्बजनिक भएको छ ।

सरुका श्रीमान मुरारी गुरागाईंले विहीबार विहान आफ्नो फेसबुकमा लेखेर यो कुराको सार्बजनिक गरेका हुन् ।

सरु गुरागाईको शरीरको पछाडीको हड्डी भांचिएर शरीरमा समस्या देखिईरहेका बेला क्यान्सर भएको मुरारीको पोष्टमा उल्लेख छ । 

अमेरिकाको केन्टकी राज्यको लेक्जिनटनमा कोही बर्षदेखि बसोबास गर्दै आएकी सरुड ७ वर्ष र २२ महिनाका दुइ वच्चाहरु र पति मुरारी गुरागाइका साथमा गर्छिन ।

सरुका श्रीमानले गोफण्ड मीको लिंक शेयर गर्दै सबैलाई सहयोगका लागि याचना पनि गरेका छन् ।

सरुले कोरोना कहरका बेला रामायणको नेपाली संस्करण धाराबाहिक रुपमा वाचन गरेकी थिईन । साथै अन्य श्रष्टाका कविताहरु पनि वाचन गरेकी थिईन । उनको स्वर र वाचन शैलीका संसारभरी धेरै नेपालीहरु उनको प्रशंसक छन् ।

सरुका श्रीमान मुरारी गुरागाईं लेख्छन :

तिम्रो सगरमाथा जस्तो आत्मविश्वास देखेर कुनै पनि परिस्थितिले हराउन सक्दैन भन्ने कुरा जान्न मलाई धेरै समय लागेको थिएन। मेरो लागि आजको यो अवस्था कल्पना भन्दा कैयौं गुणा परको कुरा हो। तर तिमीले यति सहजै सामना गर्दैछौ। तिमी सँग धेरै शारीरिक पीडाहरू छन् तर पनि आफ्ना साना बच्चाहरू संगै सबै कुरा सहजै गर्न सक्ने क्षमता छ। पछाडीको हड्डी भांचिएको छ त्यो जोड्न बांकी नै थियो। कैयौं चाहाना हरू, रहरहरू जोड्न बांकी नै छन। यस्तो स्थितिमा फेरि पनि झनै डरलाग्दो रोग क्यान्सरले आक्रमण गर्यो। तर फेरि पनि तिम्रो आत्मविश्वास उस्तै देख्छु। तिम्रा सबै समस्या हरू तिमी आफैंले सहजै जित्ने क्षमता छ। शीघ्र स्वास्थ्यलाभको कामना।
कृपया यहांहरूको साथको लागी यहां लिंक छ। यसलाई पनि हेरेर शेयर गरिदिनु भए आभारी हुनेछौं।

श्रीमानले सार्बजनिक गरेको गोफण्ड मी को लिंक तल प्रस्तुत छ ।

गो फण्ड मी लिंक

2FA4BB1B-2E77-4518-8216-377B68C84B88.jpeg
मुरारी गुरागाईंको फेसबुकको स्क्रिन सट

 

 

images
प्रकाशित मिति :भाद्र १५, २०८० शुक्रवार - ०६:०५:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend