Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

‘बर्निङ म्यान फेस्टिबल’ मा पुगेका ७० हजार मानिसको बिचल्ली

‘बर्निङ म्यान फेस्टिबल’ मा पुगेका ७० हजार मानिसको बिचल्ली

नेप्लिज डायस्पोरा

१८, भाद्र २०८०
images
‘बर्निङ म्यान फेस्टिबल’ मा पुगेका ७० हजार मानिसको बिचल्ली

अमेरिकाको नाभाडास्थित ब्ल्याक रक डेजर्टमा हरेक बर्ष हुँदै आएको ‘बर्निङ म्यान’ फेस्टिबलमा गएका करिव ७० हजार मानिसको खराब मौसमका कारण बिचल्लि भएको छ । जसका कारण आयोजकलाई यो कार्यक्रम सम्पन्न गर्नका लागि ठूलो चुनौती भएको छ ।

मरुभूमीको बिचमा गरिएको यो कार्यक्रमका लागि अमेरिकाबाट ८० हजार मानिस पुगेका थिए । जसमा अस्थाई बसोबसका लागि टेन्टहरु गाडिएको थियो भने त्यहि अनुसारको अरु ब्यवस्थापनि गरिएको थियो । तर शुक्रबार रातीबाट अचानक आएको हावाहुरी र बर्षाका कारण त्यहाँ पुगेका मानिसहरु बिचल्लिमा परेका छन । यतिमात्र होइन, मानिसको मृत्युपनि भएको र पुलिसले अनुसन्धान गरिरहेको बताइएको छ ।

अरु समयमा तातो बालुवाले गर्मी हुने यो स्थानमा लगातार बर्षा भएपछि चिसो हुनुका साथै मानिसलाई हिड्नका लागि पनि कठिन भएको छ । मानिसहरु आफुलाई सुरक्षित स्थानमा पुर्याउनका लागि पनि कुनै उपाय नहुँदा हाहाकार मच्चिएको छ । दुई दिनसम्म लगातार बर्षा हुँदा बालुवा हिलोमा परिणत भएको छ भने मानिसको खुट्टा भास्सिने र जतात्यतै पानी भरिएको छ ।

मानिसहरु हिड्नका लागि फोहोर फाल्ने प्लास्टिक ब्याग जुत्तामा बेरेर बाहिर निस्किने प्रयास गरेपनि संख्या धेरै भएपनि कठिन भएको छ । आयोजकले सबैलाई आफुलाई सुरक्षित राख्नका लागि सचेत गरेका थिए ।

अचानक मौसममा आएको खराबीका कारण यो बर्षको फेस्टिबलमा ठूलो असर परेको छ । तिब्रगतिको हावा, बर्षाले बाढी नै आएको छ । यो ठाँउमा हुने फेस्टिबलमा सहभागि हुनका लागि हरेक बर्ष हजारौं मानिसहरु जाने गरेका छन । बिशेष गरेर सेप्टेम्बरको पहिलो साता लामो बिदा पर्ने भएकाले पनि मानिसहरु रमाउनका लागि जाने गरेका छन । शुक्रबारबाट सुरु भएको बर्षा आइतबारसम्म रहने भएपछि मानिसहरुलाई खानका लागि पनि आवश्यक सामाग्री उपलब्ध गराउन कठिन भएको छ ।

पुरै हिलो भएपछि गाडीहरुपनि यो ठाँउमा प्रवेश गराउन र बाहिर जानदिन रोक लगाएको छ । आयोजकहरु त्यहाँ फसेका मानिसहरुलाई मेडिकलका सामान, मोबाइल सेवा उपलब्ध गराउनका लागि लागि परेपनि कठिन भइरहेको सीएनएनले जनाएको छ । त्यहाँ पुगेका केहि मानिसहरु जसोतसो हिडेरै रोडसम्म पुगेर आयोजकले उपलब्ध गराएको बसबाट निस्कन सफल भएका थिए । तर पनि ठूलो संख्यामा रहेका मानिस टेन्टमा नै फसेको बताइएको छ ।

यो ठाँउबाट मुख्य सडक हिडेर जाँदा ६ माईल टाढा रहेको छ । तीन दिनको फेस्बिलका लागि पुगेका मानिसहरुले अत्याबश्यक बाहेक अरु सामानहरु नबोकेको र अहिलेको कठिन अवस्थामा त्यो कुराहरु पर्याप्त नहुँदा निकै कठिन भएको बताइएको छ ।

आइतबार हावा र पानीको बेग कम भएर मौसममा परिवर्तन आउने भएकाले आयोजकहरु अझै यो कार्यक्रमलाई सम्पन्न गर्ने बताइरहेका छन ।

photo-CNN/UStoday

 

images
प्रकाशित मिति :भाद्र १८, २०८० सोमवार - ०२:०३:४७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend