Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा आफैले ९११ मा फोन गरेपछि...

मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा आफैले ९११ मा फोन गरेपछि...

नेप्लिज डायस्पोरा

१९, भाद्र २०८०
images
मादकपदार्थ सेवन गरेर गाडी चलाउँदा आफैले ९११ मा फोन गरेपछि...

मादकपदार्थ सेवन गरेर गाडी चलाउनु भनेर ज्यानलाई जोखिममा पार्नु हो । त्यसमा पनि रक्सिले टुन भएर हाईवेमा त्यो पनि बिपरित दिशातिर चलाउनु भनेको काललाई नै निम्त्याउनु हो । तर अमेरिकाको नेब्रास्कामा एउटा यस्तो घटना भएको छ, जो मादकपदार्थ सेवन गरेर हाइवेमा गलत साइडमा गाडी चलाएर उल्टै अर्को गाडी चलाउने ब्यक्ति गलत छ भन्दै ९११ मा फोन गरेका छन । जसको परिणाम उनी मादकपदार्थ सेवन गरेर गाडी चलाउने केसमा भित्र परेका छन ।

यो घटना केहि साता अगाडीको हो । एक जना गाडी चालक आफैले खनेको खाडलमा आफै परेका छन । नाम नखोलिएका ती ब्यक्तिले रातिको समयमा ९११ मा फोन गरेर अर्को ब्यक्ति गलत बाटोमा गइरहेको र आफु हाईवे ७७ मा रहेको भनेर फोन गरेका थिए । लान्कास्टर काउन्टी पुलिसले फेसबुकमा सार्वजनिक गरेको भिडियो र अडियोमा ती ब्यक्तिले आफु हाईवे ७७ मा उत्तरतर्फ गइरहेको र अर्को ब्यक्ति रोडको गलत साइडबाट आएर आफुलाई झण्डै हानेको भनेर पुलिसलाई फोन गरेका थिए । साथै उनले आफु यो ठाँउमा रोकिएको भनेर जानकारी दिएका थिए ।

उनको त्यो फोनपछि पुलिस उनी भएको स्थानमा आएका थिए । तर त्यहाँ पुग्दा अवस्था ठिक उल्टो थियो । फोन गर्ने ब्यक्ति नै सडकको उल्टो बाटोमा थिए । दक्षिणतिर जाने बाटोमा उनी उत्तर तिर गुडेका थिए ।

पुलिसले उनलाई रोकेपछि सोधेका थिए, तपाईलाई थाहा छ हामीले किन रोकेको ? त्यो बेलासम्म उनले आफुले गलत गरेको भनेर बुझिसकेका थिए । जसका कारण उनले सहजै आफु गलत दिशामा गुडिरहेकाले भनेर स्विकारे । तर बचाउका लागि आफुले हाइवेबाट निस्किने एक्जिट मिस गरेको हुनसक्ने भन्दै पुलिसलाई बताएका थिए । उनी आफैले नै केहि बेर अगाडी ९११ मा फोन गर्ने म नै रहेको भन्दै जानकारी दिए ।

उनी मादकपदार्थले झुम थिए । त्यहाँको कानुनले पिउनका लागि जति लिमिट तोकेको छ, त्यो भन्दा दोब्बर नै उनले सेवन गरेका थिए । त्यसपछि उनको गाडीले पुलिसले कब्जामा लिएको थियो भने उनलाई पनि पक्राउ गरेको थियो । यदि समयमा नै पुलिस नपुगेको भए, ठूलो दुर्घटना हुने निश्चित भएको बताएका छन ।

images
प्रकाशित मिति :भाद्र १९, २०८० मंगलवार - ०४:१७:५९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend