रियो ग्रान्ड नदीमा रहेको तैरिएको बारलाई हटाउनका लागि फेडरल जजले टेक्सास राज्यलाई निर्देशन दिएको छ । साथै अहिलेको बारलाई नयाँ तरिकाले प्रतिस्थापन गर्न र त्यसको खर्च टेक्सास राज्यले नै गर्नुपर्ने निर्णय सुनाएको छ ।
जज डेविड एलन इज्राले सेप्टेम्बर १५ सम्ममा सो नदिमा रहेको बारलाई हटाउन निर्देशन दिएका छन । जबबाट यो नदीमा बार लगाइएको थियो, त्यो बेला देखि नै विवाद सिर्जना भएको थियो । गत जुलाईमा न्यायिक निकायले टेक्सास राज्यलाई नै नदिमा नियम बिपरित बार लगाएको भन्दै जरिवाना लगाएको थियो ।
अनाधिकृत रुपमा अमेरिका प्रवेश गर्ने आप्रवासीहरुका लागि यो नदी केन्द्रबिन्दु नै हो । तर यो बार लगाएपछि नदी पार गरेर आउनेहरुका लागि कठिन भएको थियो । बिशेष गरेर मेक्सिकोहुँदै अनाधिकृत रुपमा अमेरिका प्रवेश गर्नेका लागि यो नदी तर्नेपर्ने हुन्छ ।
त्यस्ता मानिसहरुलाई रोक्नका लागि यो नदिमा बार लगाइएको थियो । तर अब यो बारलाई हटाउनुपर्ने निर्देशनपछि यो स्थानको बोर्डरलाई सुरक्षित गर्न चुनौती थपिएको छ । यसका लागि टेक्सास राज्यले बोर्डर सुरक्षामा आर्मीहरुको संख्या बढाउनुपर्नेछ ।
यो नदिमा अनुमति बिनानै बार लगाएको भन्दै त्यसलाई हटाउन भनिएको हो । टेक्सासका गर्भनरले अनाधिकृत रुपमा अमेरिका आउनेहरुलाई रोक्नका लागि यो बार लगाइएको र यसलाई लगाउन कसैको अनुमति नचाहिने बताए । यो बार एन्टी इमिग्रेसन कार्यक्रम अन्तर्गत लगाइएको उनको भनाई छ ।
तर टेक्सास राज्यमा कुनैपनि नयाँ कुरा गर्नुपरेमा फेडरलको अनुमति चाहिने हुन्छ । जसका आधारमा रहेर जज इज्राले यो निर्णय सुनाएको सीएनएनले जनाएको छ ।
तस्विरःयूएसटुडे