Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

एनआरएनए क्यान्सस च्याप्टरको सपथ ग्रहण तथा बिदाइ कार्यक्रम सम्पन्न

एनआरएनए क्यान्सस च्याप्टरको सपथ ग्रहण तथा बिदाइ कार्यक्रम सम्पन्न

नेप्लिज डायस्पोरा

२१, भाद्र २०८०
images
एनआरएनए क्यान्सस च्याप्टरको सपथ ग्रहण तथा बिदाइ कार्यक्रम सम्पन्न

सरस्वती शर्मा

विस्कन्सन, अमेरिका 

गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद अमेरिका क्यान्सस च्याप्टरले सपथ ग्रहण तथा बिदाइ कार्यकम सम्पन्न गरेको छ। समय सान्दर्भिक भएकालाई फिजिकल र अन्यलाई जुम मार्फत सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता २०२३-२०२५ का नवनिर्वाचित अध्यक्ष उत्तम बस्नेतले गर्नु भएको थियो ।

कार्यक्रममा एनआरएनए अमेरिकाका अध्यक्ष डा.अर्जुन बन्जाडे , महासचिब रामहरि अधिकारी, प्रवक्ता डा राजन पन्त, मध्यपस्चिम क्षेत्रका संयोजक महेन्द्र बस्नेत, निवर्तमान च्याप्टर अध्यक्ष फिलिप क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा निवर्तमान कार्यसमिति लाइ आफ्नो कार्यकाल सफलतापुर्वक सम्पन्न गरेकोमा धन्यवाद तथा नया कार्यसमितिमा निर्वाचित र मनोनित हुनुभएका सम्पुर्ण कार्यसमितिलाई आगामी कार्यकालको लागि शुभकामना प्रदान गरिएको थियो ।

नयां कार्यसमितिका पदाधिकारीहरुमा अध्यक्ष उत्तम बस्नेत , उपाध्यक्षमा पुरुषोतम श्रेष्ठ, महिला उपाध्यक्षमा रिना रन्जितकार श्रेष्ठ, सचिबमा राम कोइराला, महिला सचिबमा प्रतिमाश्रेष्ठ कोषाध्यक्षमा रत्न श्रेष्ठ, युवा संयोजकमा समिर चन्द, महिला संयोजकमा स्मिता कन्डेल क्षेत्री, सदस्यहरुमा बिध्या सागर बस्नेत, मनि कुमार राई, रुपक कुमार मैनाली, दिल कटेल, टेक बहादुर बस्नेत, नविन सापकोटा र सबिता लम्साल रहनुभएको छ।

images
प्रकाशित मिति :भाद्र २१, २०८० बिहिवार - ०८:३०:५२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend