Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

डिज्नील्याण्डले ९.५ मिलियन डलर जरिवाना तिर्ने

डिज्नील्याण्डले ९.५ मिलियन डलर जरिवाना तिर्ने

नेप्लिज डायस्पोरा

२३, भाद्र २०८०
images
डिज्नील्याण्डले ९.५ मिलियन डलर जरिवाना तिर्ने

चर्चित कम्पनी वाल्ट डिज्नीले नौ दशमलव पाँच मिलियन डलर जरिवाना तिर्ने भएको छ । क्यालिफोर्नियामा रहेको डिज्नील्याण्डको म्याजिक की बाफत सदस्यता लिएका ग्राहकहरुले २०२१ मा घुम्न जाँदा उचित समयमा पार्किङ नपाएको भन्दै सो कम्पनीलाई मद्दा हालेका थिए । जसमा सो कम्पनीले ९५ लाख डलर जरिवाना तिर्नुपर्ने भएको छ ।

म्याजिक की अन्तर्गत मेम्बर भएवाफत कम्पनीले डिज्नील्याण्डमा घुम्न जाँदा पार्किङका लागि कुनै समस्या नहुने भनेर सर्त राखेको हुन्छ । तर दुई बर्ष अगाडी पार्किङ नपाएको भन्दै त्यसबाट प्रभावित ब्यक्तिहरुले मुद्दा हालेका थिए ।

हजारौं प्रभावित मानिसले हालेको सो मुद्दा मिलाउनका लागि वाल्ट डिज्नीले एक जनालाई ६७.४१ डलरको चेक दिने भएको छ । यसका लागि अब जजले पुर्व अनुमती दिनुपर्ने भएको छ ।

सो कम्पनीले दुई बर्ष देखि चलिरहेको मुद्दा किनारा लाग्दा खुसी भएको जनाएको छ । म्याजिक की कार्यक्रम दुई बर्ष अगाडी मात्र ल्याएको थियो जसमा बार्षिक रुपमा पास लिने ब्यक्तिलाई म्याजिक की भनेर सदस्यता दिने गरिएको थियो । जसमा एक बर्षसम्म यो पास भएका ब्यक्तिहरु जतिबेलापनि पार्किङ पाउने भनिएको थियो ।

म्याजिक की अन्तर्गतपनि सबै भन्दा महंगो पासका रुपमा रहेको ड्रीम सदस्यता एक बर्षसम्म हरेक दिन गएपनि पाउने भनिएको थियो । यो मुद्दा जितेका ब्यक्तिहरुले आफ्नो चेक पाउनका लागि अझै केहि महिना कुर्नुपर्ने बताइएको छ । तर कम्पनीले तीन महिनामा सबैलाई रकम दिइसक्नुपर्ने भनिएको छ ।

 

images
प्रकाशित मिति :भाद्र २३, २०८० शनिवार - ०३:३८:१६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend