Logo

सोमवार, श्रावण २५ गते २०८३   |   2026 August 10

images

images

आशिषको मृत्युको कारण अझै गौण, पुलिसलाई ५ दिनपछि निधनबारे जानकारी

आशिषको मृत्युको कारण अझै गौण, पुलिसलाई ५ दिनपछि निधनबारे जानकारी

नेप्लिज डायस्पोरा

२७, भाद्र २०८०
images
आशिषको मृत्युको कारण अझै गौण, पुलिसलाई ५ दिनपछि निधनबारे जानकारी

टेक्ससको डालासमा केहि दिन अगाडी आफ्नै कोठामा मृत फेला परेका आशिष भट्टको मृत शरिरलाई नेपाल पठाउन कठिन भएपछि डालासमा नै अन्त्यष्टी गरिने भएको छ । अघिल्लो साता डालासको अर्भिगमा आफ्नै कोठामा मृत भेटिएका आशिषको शबलाई नेपाल पठाउनका लागि आर्थिक सहयोगको अभियान चलाइएको थियो । तर नेपाल पठाउन कठिन देखिएपछि अब उनको अन्त्यष्टि डालासमा नै गरिने भएको छ ।

यूएस नेपाल पोष्टका अनुसार आशिष डालासमा एक्लै बस्ने गरेको र नेपाली समुदायमा त्यति घुलमिल नभएकाले पनि उनको मृत्यु कहिले भएको भन्ने सुरुवातमा एकिन थिएन । तर उनको पोष्टमार्टमपछि उनको निधनको खबर बाहिर आउन पाँच दिन अगाडी नै मृत्यु भएको रिपोर्टले जनाएको छ । यसको अर्थ उनको निधन भएको पाँच दिनपछि मात्र पुलिसलाई जानकारी भएको थियो ।

उनको निधनको खबरपनि उनका स्पेनीस साथी मार्फत नेपाली समाज टेक्सासलाई गएको थियो । त्यसपछि मात्र उनको निधनको खबर सार्वजनिक भएको थियो । नेपालमा उनका परिवारले छोराको अनुहार हेर्ने रहर गरेपछि उनको शवलाई नेपाल पठाउन आर्थिक सहयोगका लागि गो फन्ड सुरु गरिएको थियो । तर अमेरिकाबाट नेपाल शव पठाउनका लागि ठूलो झन्झट रहेको छ । जसका कारण निकै कठिन भएपछि परिवारले पनि उनको शवलाई अमेरिकामा नै अन्त्यष्टि गर्न अनुमती दिएको बताइएको छ ।

गो फन्डमा जति पनि रकम उठेको छ, त्यो रकम उनको अन्त्यष्टिमा खर्च गरिने र बाँकी उनको परिवारलाई दिइने बताइएको छ । सन् २०१६ मा डिभी परेर अमेरिका आएका आशिषको निधन के कारणले भएको भन्ने अझैपनि बाहिर आएको छैन । पोष्टमार्टमको रिपोर्टमा के छ भन्ने पनि थाहा भइसकेको छैन ।

images
प्रकाशित मिति :भाद्र २७, २०८० बुधवार - ०४:४६:५४ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend