Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

आगामी राष्ट्रपतिको निर्वाचनको होडमा रहेका विवेक रामास्वामी फेरी चर्चामा

आगामी राष्ट्रपतिको निर्वाचनको होडमा रहेका विवेक रामास्वामी फेरी चर्चामा

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
आगामी राष्ट्रपतिको निर्वाचनको होडमा रहेका विवेक रामास्वामी फेरी चर्चामा

अमेरिकामा अहिले नयाँ निर्वाचनका लागि विभिन्न प्रचारप्रसारको काम भइरहेको छ । आगामी राष्ट्रपतिय निर्वाचन आउन केहि समय बाँकी रहेका बेला स्थानीय स्तरबाट यसको प्रक्रिया सुरु भइरहेको छ । यस्तैमा यतिबेला एक जना प्रतिस्पर्धी जो यसअघिको निर्वाचनका नामपनि सुनेको थिइएन, ती निकै चर्चामा छन् ।
यसअघिका निर्वाचनमा आफुले भोट नहालेको भन्ने ती ब्यक्ति अहिले आगामी राष्ट्रपतिको पदका लागि चुनावी होडमा छन । उनी विभिन्न कारण र अभिब्यक्तिले चर्चा पाउँदै आएका छन । ती हुन भारतीय मुलका विवेक रामास्वामी ।
विवेकका पूर्खाहरु भारतबाट आप्रवासीका रुपमा आएपनि उनी अमेरिकाकै नागरिक र एक सफल ब्यापारीपनि हुन । यतिबेला पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पपछि तिनै विवेक चर्चामा छन । उमेरले पनि कलिला रहेका विवेकले पछिल्लो पटक दिएको एक अभिब्यक्तिले उनी सामाजिक सञ्जाल र मिडियामा मुख्य समाचार बनेका छन ।
अमेरिकी समाचार च्यानलसँगको अन्तरवार्तामा उनले यदि आफु आगामी निर्वाचनमा राष्ट्रपति भएको खण्डमा ७५ प्रतिशत सरकारी कर्मचारीलाई निकाल्ने भन्दै बोलेका थिए । जुन कुराले ठूलो चर्चा पाएको छ । उनले आफ्नो भनाईलाई पुष्टि गर्नका लागि केहि डाटापनि राखेका थिए । उनका अनुसार कुल २२ लाख सरकारी कर्मचारी रहेकोमा आफु निर्वाचित भएको चार बर्षको कार्यकालमा ७५ प्रतिशत अर्थात १६ लाख कर्मचारीलाई हटाउने बताए । यसको मुख्य कारण सरकारी कर्मचारीमा हुँदै आएको खर्चलाई कम गर्न मुख्य मनसाय रहेको बताए ।
यदि सरकारी कर्मचारी कटौती गरेमा अर्बो डलर बचत हुने उनको भनाई थियो । युवा जोश र नयाँ भिजन आफुमा रहेको बताउँदै आएका विवेक एक सफल ब्यापारी मात्र नभएर अध्ययनमा पनि राम्रो रहेको बताइएको छ । उनले आफ्नो पुर्वजहरु आप्रवासीका रुपमा आएपनि आफुले मेहेनत गरेर मिलियन डलर कमाउन सफल भएको बताउँदै आएका छन ।

 

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ०२:५६:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend