Logo

शनिवार, कार्तिक २९ गते २०८३   |   2026 November 14

images

images

जो वाइडेनका छोरा हन्टरलाई बन्दुक अभियोग, प्रमाणित भए जेल सजाय हुने

जो वाइडेनका छोरा हन्टरलाई बन्दुक अभियोग, प्रमाणित भए जेल सजाय हुने

नेप्लिज डायस्पोरा

२९, भाद्र २०८०
images
जो वाइडेनका छोरा हन्टरलाई बन्दुक अभियोग, प्रमाणित भए जेल सजाय हुने

अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेन पाँच बर्ष अघि बन्दुक खरिद गर्दा झुटो बिबरण पेश गरेको भन्दै अहिले मुद्दा लागेको छ । अमेरिकी सञ्चारमाध्यम सीएनएनका अनुसार उनीमाथि ३ वटा बिषयमा अभियोग लाग्न सक्ने बताएको छ । सन् २०१८ मा उनले बन्दुक खरिद गर्दा संघीय हतियार आवेदन पत्रमा भर्नुपर्ने बिबरण झुटो रहेको प्रमाणित भएपछि उनीमाथि अभियोग लागेको हो ।

अमेरिकी इतिहासमा न्याय बिभागले कार्यकाल सम्हालिरहेका राष्ट्रपतिको छोराविरुद्ध मुद्दा दायर गरेको यो पहिलो पटक हो । हन्टर वाईडेनले यसअघि यो बिषयलाई सार्वजनिक रुपमा नआई समाधान गर्न लागेका थिए । तर त्यो हुन सकेन ।

हन्टर बाइडेनको अनुसन्धान डेभिड वेसले गरिरहेका छन । यी तिनै अधिवक्ता हुन, जसलाई पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका थिए । हन्टरले डेलावेयर स्थित एक बन्दुक पसलमा हतियार खरिद गर्दा भर्नुपर्ने फारममा गलत बिबरण भरेका थिए । त्यसमा उनी कुनैपनि गैरकानूनी लागुपदार्थ प्रयोग नगर्ने गरेको र यस्तो कुराको लत नभएको भनेर उल्लेख गरेका थिए । तर त्यो बेला उनी लागु पदार्थको लतसँग संघर्ष गरिरहेको बताइएको छ ।

यदि उनलाई लागेको आरोप प्रमाणित भएको खण्डमा जरिवानामात्र होइन, जेल सजायपनि हुने बताइएको छ । उनीमाथि तीन वटा आरोप लागेको छ, यदि तीन वटै प्रमाणित भएको खण्डमा २५ बर्षको जेल सजाय र सात लाख ५० हजार डलर सम्मको जरिवाना हुनसक्नेछ ।

उनको यो मुद्दाले जो वाइडेनको विपक्षीलाई ठूलो हतियार बनेको छ । यो सातामात्र जो वाइडेनका दुई ठूला कमजोरी एक्पोज भएको सीएनएनले उल्लेख गरेको छ ।

तस्विर:एपी

images
प्रकाशित मिति :भाद्र २९, २०८० शुक्रवार - ०६:४०:४९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend