विश्वका उत्कृष्ट देशको सूचीमा क्यानाडा दोस्रो स्थानमा परेको छ भने अमेरिका पाचौँमा छ । ‘२०२३ बेस्ट कन्ट्रिज र्याङकिङ बाइ युएस न्युज’ का अनुसार स्विजरल्याण्डपछि क्यानाडा दोस्रो उत्कृष्ट देशमा परेको हो।
उक्त सूचीअनुसार स्विजरल्याण्ड पहिलो, क्यानाडा दोस्रो, स्वीडेन तेस्रो, अष्ट्रेलिया चौथो र अमेरिका पाचौँमा परेका छन्।
उत्कृष्ट देशहरुको सूचीमा क्यानाडाको यो वर्ष पहिलेभन्दा सुधार हो।यस सूचिमा २०२२ मा क्यानाडा तेस्रो स्थानमा परेको थियो।
विभिन्न आधारहरु तय गरि यो सूची बनाइएको थियो। ती आधारहरुको मूल्यांकनबाट समग्रमा ८७ देशहरुको सूची बनाइएको थियो।
उक्त सूचीबाट छानिएका देशहरु उत्कृष्टमा परेका हुन्। विभिन्न ३६ देशहरुका १७ हजारभन्दा बढी व्यक्तिहरुमा गरिएको सर्वेक्षणलाई पनि आधार मानिएको जनाइएको छ।