अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२० को निर्वाचनको नतिजालाई उल्ट्याउन खोजेको स्विकारेका छन । सो निर्वाचनमा हार ब्यहोर्दा आफुले नतिजा गलत भएको भन्दै झुटो दावेदारिता पेश गरेको एक अन्तरवार्तामा बताएका छन ।
एनबीसीसँगको अन्तरवार्तामा उनले आफुले धेरै मानिससँग सहानुभुतीको म्यासेजहरु निर्वाचन लगत्तै पाएको तर मैले कसैको नसुनेको बताए । उनले आफुलाई सुझाव दिने केहि मानिसहरुको भनाई मानेर झुटो दावेदारिता पेश गरेको भनाई राखे ।
सन् २०२० मा जो वाईडेनसँग राष्ट्रपतिय निर्वाचनमा पराजय भोगेपछि उनले त्यो नतिजालाई उल्ट्याउनका लागि भोटिङ सिस्टम नै गलत भएको आरोप लगाएका थिए । त्यो बेलाको नतिजा आफुले विश्वास गर्न नसकेकाले पनि त्यसो गरेको बताए ।
सन् २०२४ मा हुने निर्वाचनमा पनि अमेरिकाको राष्ट्रपतिको निर्वाचनका उम्मेदवार रहेको डोनाल्डले आफुले अरुको कुरा सुन्दा त्यो अवस्था आएको र त्यो अहिले महसुस गरिरहेको बताए । उनले आफुले नियुक्त गरेका सल्लाहकारको सुझावलाई बेवास्ता गरेर बाहिरको मानिसको कुरा सुनेको बताए । जसका कारण आफ्ना सल्लाहकारको ब्यवहारपनि राम्रो नरहेको बताए ।
उनले भने-'जसलाई मैले नियुक्त गरेको थिए, उनीहरुको भनाईलाई कहिलेपनि वास्ता गरिन र एक पटकपनि भेटिन, बरु अरुको सल्लाहलाई आत्मसाथ गरे र उनीहरुलाई सम्मान दिए, जसका कारण त्यो बेला अवस्था राम्रो हुन सकेन ।'
ज्याक स्मिथको त्यो बेलाको घटनाले डोनाल्डलाई अहिलेपनि समस्या दिइरहेको छ । उनीमाथि अहिले निर्वाचनको नतिजा विथोल्ने प्रयास भएको भनेर अनुसन्धान भइरहेको छ । जुन उनीमाथि लागेका चार आरोप मध्येको एक हो । उनीमाथि लागेका आरोपहरुमा उनले आफु दोशी नभएको बताइसकेका छन ।
अर्को बर्ष हुने निर्वाचनका लागि यतिबेला डोनाल्डपनि होडमा छन । जसका कारण अमेरिकामा उनको चर्चा निकै ठूलो रहेको छ ।