लस एञ्जलस काउन्टीको डेप्युटी सेरफलाई उनकै गाडीमा गोली हानी हत्या गरिएको छ । ३० बर्षे डेप्युटी रायन क्लिनकुर्बोमेरको ड्युटी गरिरहेकै बेला गोली हानेर हत्या गरिएको छ ।
काउन्टीले जनाएअनुसार ड्युटीमा रहेका बेला अनजान ब्यक्तिले उनी चडेको पेट्रोल गाडीमा नै गोलि हानेर हत्या गरेको बताएको छ । शनिबार साँझ ६ बजेतिर पाल्मडेलेनजिक उनको हत्या भएको सीएनएनले जनाएको छ । लस एञ्जलस काउन्टीका अनुसार उनी लस एञ्जलस भन्दा ६० माईल उत्तरमा रहेको बताएको छ ।
उनी ड्युटिमा नै रहेको र कामकै बेला अनजान ब्यक्तिले गोली चलाएको बताइएको छ । गोली चलाउने ब्यक्ति को हो भन्ने अझै एकिन भएको छैन । गोली लागेपनि उपचारका लागि स्थानीय अस्पतालमा लग्दा उनलाई मृत घोषित गरेको थियो ।
अहिलेसम्म कुनैपनि संकास्पद ब्यक्तिपनि नभएको र कसले गोली चलायो भनेर एकिन हुन नसकेको बताइएको छ । साथै पुलिस बिभागले यदि यो घटनाको कसैले देखेको भए अगाडी आएर पुलिसलाई सहयोग गर्न अनुरोध समेत गरेको छ ।
मृत्यु भएका अफिसर सन् २०१८ मा पाल्मडाली स्टेसनमा सरुवा भएका थिए । उनी यो सेवामा ८ बर्षदेखि नियमित रुपमा काम गरिरहेका थिए । साथै उनी फिल्ड ट्रनिङ अफिसरका रुपमा पनि काम गरिरहेका थिए । उनका बुबा र हजुरबुबा दुबैले सेरफको डिपार्टमेन्टमा सेवा गरेका थिए । उनले चार दिन अगाडीमात्र स्वयम्बर गरेको बताइएको छ ।
तस्विर:KCBS/KCAL