Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

२०२४ पछि एचवान बी (H1B) भिषा बन्द गर्ने रामास्वामीको घोषणा

२०२४ पछि एचवान बी (H1B) भिषा बन्द गर्ने रामास्वामीको घोषणा

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
२०२४ पछि एचवान बी (H1B) भिषा बन्द गर्ने रामास्वामीको घोषणा

अमेरिकाको आगामी राष्ट्रपतिय निर्वाचनको दौडमा रहेका विवेक रामास्वामी फेरी एकपटक चर्चामा आएका छन । उनले यदि आफु निर्वाचित भएको खण्डामा सन् २०२४ पछि अमेरिकाले एचवान बी भिषा बन्द गर्ने बताएको छन ।

बिदेशी कामदार अमेरिका ल्याएर ग्रिन कार्डका लागि एचवन बी कोटाको प्रयोग हुँदै आएको छ । यो भिषा क्याटागोरी एशियाली देशहरुका लागि बढि काम लाग्दो छ । नेपाल, भारत, चीन, बङ्गलादेश लगायतका दक्षिण एशियाली देशमा यसको बिषेश महत्व रहेको छ । कामदारले आफ्नो देशबाट नै यसका लागि प्रक्रिया गर्न सक्दथे ।

तर यदि रामास्वामी निर्वाचित भएर सत्तामा पुगेपछि मात्र उनले यसलाई कार्यान्वयन गर्नेछन । निर्वाचनका लागि प्रचारप्रसारको दौडमा रहेका रामास्वामीले एचवन बी को स्थानमा विशेष योग्यताको आधारमा विदेशी कामदारलाई अमेरिका प्रवेशको सिस्टम बनाउने बताए । उनको यो भनाईमा अमेरिकी संस्था इमिग्रेसन वायसले पनि सहमति जनाएको छ ।

पछिल्लो पटक एचवन बी भिषा कुनै क्षेत्रमा विशेष क्षमता भएका लागि निकै लोकप्रिय छ । अमेरिकाले हरेक बर्ष करिब ६५ हजारलाई एचवन बी भिषा दिँदै आएको छ । त्यसमा २० हजार अमेरिकामा डिग्री हासिल गरेका हुन्छन ।

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - ०१:५७:११ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend