Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

भारतीय मुलकी जानबीको न्यायकालागि प्रदर्शन बढ्दै

भारतीय मुलकी जानबीको न्यायकालागि प्रदर्शन बढ्दै

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
भारतीय मुलकी जानबीको न्यायकालागि प्रदर्शन बढ्दै

प्रहरीको गाडीको ठक्करबाट ज्यान गुमाएका भारतीय छात्रा जानबी कुन्डलाको न्यायका लागी अमेरिकाको सियाटलमा प्रदर्शन गरिएको छ । गत जेनवरीमा बाटो काट्ने क्रममा पुलिसको गाडीले जानबिलाई ठक्कर दिँदा निधन भएको थियो । केहि दिन अगाडी उनको घटनाको भिडियो सार्वजनिक हुँदा उनलाई दुर्घटना पार्ने पुलिसले उनको मृत्युलाई हाँसोमा उडाएको अडियो सुनिएको थियो । 

त्यसपछि जानबीको निधनको जस्टिसका लागि सडकमा आन्दोलन गर्नेको सख्या बढेको छ । सोसियल मिडियामा पनि उनको जस्टिसका लागि ह्यास्ट्याग चलिरहेको छ । यस्तै अमेरिकामा रहेका दक्षिण एशियाली समुदायले जानबी कुन्डलाको मुत्यु भएको स्थानमा भेला भएर प्रदर्शन गरेका छन् ।

हातमा प्लेकार्ड बोकेर मानिसहरु प्रदर्शन गरिरहेका छन । जसमा जानवीलाई न्याय दे, जानवीको मुल्य सियाटल प्रहरीको भन्दा अधिक, प्रहरी अधिकारीलाई सजाय दे भन्ने लेखेर प्लेकार्ड बोकेका छन । 

जानबीको न्यायका लागि सियाटलका मेयर तथा अन्य बरिष्ठ अधिकारीहरुसँग प्रदर्शनकारीले भेट गरेर मागपनि राखेका छन । तर पछिल्लोपटक प्रशासनले ती प्रहरीलाई बचाउन खोजेको भन्दै आक्रोश बढेको बताइएको छ । प्रदर्शन गर्नेको सख्या बढिरहेको र त्यसमा दक्षिण एशियाली मुलका मात्र नभएर अमेिरकी समुदायका समेत सहभागि छन । 

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - ०२:१६:३२ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend