Logo

बुधवार, आश्विन १४ गते २०८३   |   2026 September 30

images

images

दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान बेपत्ता

दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान बेपत्ता

नेप्लिज डायस्पोरा

१, आश्विन २०८०
images
दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान बेपत्ता

आइतबार अमेरिकाको दक्षिणी क्यारोलिनाबाट एफ–३५ लडाकु विमान हराएको हो ।

अधिकारीहरुले विमान दुर्घटनाको जोखिममा रहेको भनेपछि त्यसमा रहेका पाइलट उछिट्टिएर अथवा ‘इजेक्ड’ भएर बाहिर निस्केका थिए ।

आइतबारको यो घटनापछि अस्पताल लगिएका पाइलटको अवस्था  स्थिर रहेको बताइएको छ । त्यसपछि उक्त विमान भने सम्पर्कविहीन भएको हो ।

अमेरिकामा एक अत्याधुनिक लडाकु विमान हराएपछि सरकारी अधिकारीहरुले नागरिकलाई देखे, भेटेमा जानकारी गराउन आग्रह गरेका छन् ।

केही लडाकु विमानहरुमा खतराका बेला पाइलट बाहिर निस्किन सक्ने अथवा इजेक्ट हुन सक्ने विशेष सुविधा उपलब्ध छ । खतराका बेला इजेक्ट हुन चाहे ‘ठूलो बल’ले पाइलटलाई अगाडि फालिन्छ र प्यारासुटको मद्दतले अवतरण हुन्छ ।

घटनापछि अमेरिकी बेस डिफेन्स अपरेसन सेन्टरले एफ–३५ बारे कुनै जानकारी भएमा फोन गरेर जानकारी दिन आग्रह गरेको छ । लकहिड मार्टिनले बनाएको यी विमानको मूल्य आठ करोड अमेरिकी डलर (करिब १० अर्ब नेपाली रुपैयाँ बराबर) पर्छ ।

images
प्रकाशित मिति :आश्विन १, २०८० सोमवार - १६:५०:०१ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend