Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

इरानको जेलमा रहेका ५ अमेरिकी नागरिक रिहा गर्न ६ बिलियन डलरको सम्झौता

इरानको जेलमा रहेका ५ अमेरिकी नागरिक रिहा गर्न ६ बिलियन डलरको सम्झौता

नेप्लिज डायस्पोरा

२, आश्विन २०८०
images
इरानको जेलमा रहेका ५ अमेरिकी नागरिक रिहा गर्न ६ बिलियन डलरको सम्झौता

आफ्ना पाँच जना नागरिकलाई इरानी जेलबाट रिहा गर्न अमेरिकन सरकारले इरानसँग ६ बिलियन डलर फ्रिज रहेको रकम रिलिज गर्ने सम्झौता भएको छ । यसका साथै अमेरिकी जेलमा रहेका पाँच जना इरानीयनलाई पनि छोड्ने सहमति भएको छ ।

पछिल्लो केहि बर्षदेखि इरानले अपहरण शैलीमा जेलमा राखेका पाँच जना अमेरिकी नागरिक छुटाउनका लागि सरकारले गरेको यो कदमको ठूलो आलोचना भइरहेको छ । विशेष गरेर जो बाइडेन नेतृत्वले उचित काम नगरेको भन्दै विपक्षी नेताहरुले सामाजिक सञ्जालमा आलोचना गरेका छन ।

बिना कुनै दोष इरानले पाँच जना अमेरिकनलाई कैद गरेको थियो । बर्षोदेखि आफ्ना परिवारबाट टाढा रहेका उनीहरुले अन्ततः भेट गर्न पाउने भएका छन । उनीहरु इरानबाट कतारको दोहा हुँदै अमेरिकाकालागि उडिसकेको जनाइएको छ । रिहा हुनेमा चार जना पुरुष र एक महिला रहेको बताइएको छ । जसमा ५१ बर्षे ब्यापारी सेइमक नामाजी छन । उनले आठ बर्ष इरानमा जेल जीवन बिताएका हुन । यस्तै अर्का ब्यापारी इमाद सेर्गी, वाताबरण विशेषज्ञ मोराद तहबाज रहेका छन । मोरादसँग बेलायती पासपोर्टपनि रहेको बतायएको छ ।

यसका लागि अमेरिकी सरकार र इरानबिच लामो समयदेखि बार्गेनिङ भइरहेको थियो । गत अगष्टको मध्यतिर यो डिल हुने देखिएपछि इरानले कैद गरेर राखेका पाँच जनालाई इभिन जेलबाट तेहरानको सेफ हाउसमा सारेको थियो ।

अब यो सम्झौता अनुसार अमेरिकाले पनि पाँच जना इरानी नागरिकलाई रिहा गर्नुपर्ने छ । उनीहरु कानुनको उलंघन गरेको भन्दै जेलमा रहेका छन । इरानबाट कतारको दोहामा अमेरिकनहरु चडेको बिमान अवतरणभएपछि राष्ट्रपति जो वाइडेनले उनीहरुको परिवारसँग कुरा गरेको बताइएको छ ।

यो सम्झौताका लागि मध्यस्तकर्ताको काम कतारले गरेको थियो । अमेरिकाले रिलिज गरेको ६ बिलियन फन्डपनि कतारको एक बैंकमा गएपछि मात्र इरानले पाँच जना कैदीलाई रिलिज गरेको थियो । गतबर्षको फेब्रेवरीबाट अमेरिकाले बिना कारण इरानले कैद गरेर राखेका आफ्ना नागरिकलाई रिहा गर्नका लागि कदम चालेको थियो । जसमा यो बिचमा नौं चरणको बार्ता भएको थियो । जुन दोहामा भएको थियो ।

कतारको एक विश्वविध्यालयमा प्राध्यापक रहेका प्रोफेसरले यो सम्झौता दुबैका लागि विन विन भएको बताए । तर मुख्य भनेको ६ बिलियन डलर इरानले निकाल्न सक्नु त्यो ठूलो उपलब्धि रहेको बताए ।

अमेरिकाले रिलिज गरेको ६ बिलियन डलर इरानले सोझै खर्च गर्न भने पाउने छैन । यसको खर्चका लागि थर्डपार्टी समावेश हुनेछ, जसले हरेक खर्चका बिबरण राख्ने बताइएको छ ।

images
प्रकाशित मिति :आश्विन २, २०८० मंगलवार - ०३:०४:२९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend