Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

सिकागोमा एकै परिवारका चार जनाको गोली हानेर हत्या

सिकागोमा एकै परिवारका चार जनाको गोली हानेर हत्या

नेप्लिज डायस्पोरा

३, आश्विन २०८०
images
सिकागोमा एकै परिवारका चार जनाको गोली हानेर हत्या

अमेरिकाको सिकागो भन्दा करिव ३० माईल टाढा बसोबास गर्दै आएका एक परिवारका चार सदस्य मृत अवस्थामा फेला परेको पुलिसले जनाएको छ ।

आफ्नै घरमा एकै परिवारका चार जना सदस्य मृत अवस्थामा फेला परेको र त्यसमा दुई जना बालक रहेको बताइएको छ । यस्तै तीन वटा कुकुरपनि मृत फेला परेका छन । यो घटना के कसरी भयो भन्ने बारमो अझै केहि खुल्न सकेको छैन ।

यो घटनाको स्थानीय पुलिसले अनुसन्धान गरिरहेको छ । आइतबार भएको यो घटनामा मृत हुनेलाई कसैले गोली प्रहार गरेको प्रारम्भिक अुनसन्धानबाट थाहा भएको छ । सीएनएनका अनुसार पुलिसले मृत परिवारमाथि कसैले हमला गरेर गोली चलाएको बताएको छ ।

विल काउन्टीका अनुसार मृत्यु हुने दुई जना बयस्कको पहिचान भएको बताइएको छ । जसमा ३८ बर्षे अल्बर्टो रालोन र ३२ बर्षे जोरीदा बार्तोलोमी रहेको पुलिसले पत्रकार सम्मेलनमा सार्वजनिक गरेको छ । मृत्यु हुने बालकहरुको नाम भने सार्वजनिक गरिएको छैन । तर दुबै जना केटा भएको भनिएको छ ।

सोमबार विहानको समयमा आफन्तले फोन गर्दा सकैलेपनि नउठाएपछि पुलिसलाई जानकारी गराइएको थियो । पुलिस घटनास्थलमा पुग्दा उनीहरुको मृत्यु भइसकेको थियो । पुलिसले दिएको जानकारी अनुसार यो घटना शनिबार राती नौं बजेदेखि आइतबार विहान ५ बजे बिच भएको हुनुपर्ने अनुमान छ ।

तस्विर:सीएनएन

images
प्रकाशित मिति :आश्विन ३, २०८० बुधवार - ०२:१२:३६ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend