Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

डोनाल्ड ट्रम्प जुनियरको 'एक्स' अकाउन्टमा बुबाको निधन भएको भनेर पोष्ट भएपछि...

डोनाल्ड ट्रम्प जुनियरको 'एक्स' अकाउन्टमा बुबाको निधन भएको भनेर पोष्ट भएपछि...

नेप्लिज डायस्पोरा

४, आश्विन २०८०
images
डोनाल्ड ट्रम्प जुनियरको 'एक्स' अकाउन्टमा बुबाको निधन भएको भनेर पोष्ट भएपछि...

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प जुनियरको एक्स अकाउन्ट पहिलेको ट्विटरमा आफ्ना बुबाको निधन भएको पोष्ट भएको देखेर केहि समयका लागि सामाजिक सञ्जालमा हंगामा मच्चिएको थियो ।

बुधबार दिउसो भएको यो घटनामा ट्रम्प जुनियरको एक्सको वालमा डोनाल्ड ट्रम्पको निधन भएको भन्ने पोष्टहरु बारम्बार देखिएका थिए । तर पछि उनले ती सबै पोष्टहरुलाई हटाएका थिए । खासमा यो हुनुको पछाडी उनको अकाउन्ट ह्याक भएको थियो । जसका कारण आफ्ना बुबाको निधन भएको पोष्टहरु उनको पहिलेको ट्विटरमा ह्याकरले राखेका थिए ।

१० मिलियन फलोअर्स रहेको ट्रम्प जनियरको अकाउन्ट ठिक भएपछि ह्याकरले राखेका सबै पोष्टहरु उनले एक घण्टामा हटाएका थिए । पछि ट्रम्प ओर्गनाइजेसनले पनि ट्रम्प जुनियरको अकाउन्ट ह्याक भएको जानकारी गराएको थियो ।

उनको एक पोष्टमा मेरा बुबा डोनाल्ट ट्रम्पको निधन भएको र यसले आफु निकै दुखी भएको साथै २०२४ को निर्वाचनमा आफु राष्ट्रपतिको दावेदारीत दिने लेखिएको थियो ।
उनको अर्को पोष्ट उत्तर कोरीयासँग सम्बन्धित थियो । ह्याकरले अकाउन्ट ह्याक गरेर अमेरिकी समय अनुसार विहानको ८ बजेबाट सुरु भएको थियो ।

छोराको अकाउन्टमा बुबाको निधन भएको पोष्ट भएकैबखत डोनाल्ड ट्रम्पले अनुपयुक्त खबर भनेर पोष्ट गरेका थिए । बुबाको निधनको पोष्टमा एकैछिनमा चार हजार भन्दा बढि रिट्विट भएका थिए भने एक दशमलव पाँच मिलियन भ्यू भएको थियो ।

Untitled.png

उनको अकाउन्ट कहाँबाट ह्याक भएको भन्ने खुलाइएको छैन ।

images
प्रकाशित मिति :आश्विन ४, २०८० बिहिवार - ०४:५५:१७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend