न्यूयोर्क भन्दा ७५ माईल उत्तरमा रहेको ओरेन्ज काउन्टीमा बस दुर्घटना हुँदा एक जना विध्यार्थीको निधन भएको छ भने कम्तिमा ४८ जना घाइते भएका छन । जसमा तीन जनाको अवस्था गम्भिर रहेको सीएनएनले जनाएको छ ।
न्यूयोर्कमा ब्यान्ड क्याम्पका लागि गइरहेको बसमा फार्मीङडेल हाई स्कुलको विध्यार्थी रहेको बताइएको छ ।
बस न्युयोर्कबाट पेन्सलभेनिया तर्फ गइरहेको बताइएको छ । यो घटनाको विषयमा न्यूयार्क पुलिसले पत्रकार सम्मेलन गरेर जानकारी दिने बताइएको छ ।
बस दुर्घटना भएपनि उद्दारका लागि तत्कालै पुलिस पुगेको थियो । जसका कारण आई ८४ हाईवे बन्द भएको थियो ।
PIC-CNN