Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

बिपी कोइरालाको ११० ‍औं जन्मजयन्ती भर्जिनियामा पनि मनाइने

बिपी कोइरालाको ११० ‍औं जन्मजयन्ती भर्जिनियामा पनि मनाइने

नेप्लिज डायस्पोरा

६, आश्विन २०८०
images
बिपी कोइरालाको ११० ‍औं जन्मजयन्ती भर्जिनियामा पनि मनाइने

अमेरिकाको भर्जिनियामा महान नेता बिपी कोइरालाको एक सय दशौँ जन्मजयन्तीको अवसरमा बिशेष कार्यक्रम हुने भएको छ । नेपाली जनसम्पर्क समिति अमेरिका भर्जिनिया च्याप्टरले गर्ने लागेको यो कार्यक्रम सेप्टेम्बर २४ अर्थात आइतबार हुनेछ । 

बिपीले नेपाली राजनितीमा पुर्याएको योगदानका साथै नेपाली साहित्यमा उनको बिशेष योगदानको सम्झना हुने बताइएको छ । भर्जिनियाको क्षेत्रीय पुस्तकालयमा हुने कार्यक्रममा उनको तस्बिरमा माल्यार्पणका साथै केहि बिशेष ब्यक्तिहरुले बिपीका बारेमा आफ्नो धारणा राख्ने बताइएको छ । 

कार्यक्रममा राजनितीक र साहित्यका मात्र नभएर सबै विचार बोकेका ब्यक्तिलाई बोलाइएको आयोजकले जनाएका छन । कार्यक्रममा नेपाली कांग्रेसकी महिला नेत्री तथा  पूर्व मन्त्री र राष्ट्रिय सभा सांसद कमला पन्त सहितका केहि नेताहरूको उपस्थिति रहने बताइएको छ । 

नेपालमा पनि बिपीको जन्मजयन्तीको अवसर पारेर एक साता सम्म बिभिन्न कार्यक्रमको आयोजना गरिएको थियो । जसमा साहित्य बिभिन्न कार्यक्रम गरिएको थियो । 

images
प्रकाशित मिति :आश्विन ६, २०८० शनिवार - ०२:५५:२३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend