बाल्टिमोरमा बसोबास गर्ने नेपालीहरुको सहयोगका लागि स्थापना भएको बाल्टिमोर एसोसियसन अफ नेप्लिज इन अमेरिका बानाले छैटौं संस्करणको नेपाली स्ट्रीट फेस्टिबल गर्ने भएको छ ।
पछिल्लो पाँच बर्षदेखि लगातार रुपमा आयोजना गर्दै आएको बानाले पनि यो बर्ष यसलाई निरन्तरता दिँदै महोत्सव गर्ने भएको हो । जसका लागि बानाले सरोकारवालाहरुलाई छलफलका लागि बोलाएको छ ।
अक्टोबर १५ तारिखमा हुने नेपाली स्ट्रीट फेस्टिबल टाउसनमा हुने बताइएको छ । बानाले यो कार्यक्रमलाई सफल पार्नका लागि आवश्यक छलफल गर्नकालागि सूचना जारी गरेको छ । छलफलका लागि बानाको कार्यालयमा उपस्थित हुन भनिएको छ ।
सडक महोत्सवमा नेपाली परम्परा झल्किने नाचगान, खानाका परिकारहरु र सांगितिक कार्यक्रम हुने गरेको छ । यो पटक यसलाई अझ भब्य बनाउनका लागि बानाले सम्बन्धित सबैलाई छलफलका लागि बोलाएको हो ।
अक्टोबर १५ तारिख आइतबारका दिन हुने कार्यक्रम अगाडी पर्ने आवश्यक तयारीहरुको पनि बानाले छलफलमा फाइनल गर्नेछ । यसका साथै बाल्टिमोर काउन्टिसँगको सहकार्यमा मानसिक स्वास्थ्य सम्बन्धि विविध कार्यक्रम गर्ने योजनापनि बानाले बनाएको छ । जसका लागि पनि छलफल हुने बताइएको छ ।