यदि तपाई चिठ्ठा खरिद गरेर आफ्नो भाग्य चम्काउने सोचमा हुनुहुन्छ भने फेरी एक पटक ठूलो धनराशीको लट्री जित्ने मौका आएको छ । सोमबार खुल्ने पावरबलको सुपर विजेताले सात सय ८५ मिलियन डलर जित्न सक्नेछ ।
अमेरिकामा कुनैपनि चिठ्ठा यतिधेरै पुगेको चौथो पटक हो । शनिबार खोलिएको चिठ्ठामा सुपर विजेता कोहिपनि नभएपछि सोमबार खुल्ने नयाँ ड्र को विजेताले सात सय ८५ मिलियन डलर पाउनेछ ।
शनिबार खोलिएको ड्र मा १, १२, २०, ३३ र ६६ र रातो बलमा २१ नम्बर खुलेको थियो । तर यो नम्वरको विजेता कोहिपनि बन्न सकेन । अब सोमबार सात सय ८५ मिलियन डलर विजेताले पाउनेछ । यसअघि तीन पटक एक बिलियन माथि पुगेको थियो ।
जसमा २०२२ को नोभेम्बरमा दुई दशमलव चार बिलियन डलर पुगेको थियो भने २०१६ को जनवरी महिनामा एक दशमलव पाँच आठ बिलियन पुगेको थियो । यस्तै २०२३ को जुलाईमा एक दशमलव आठ बिलियन डलर पुगेको थियो । जसमा क्यालिफोर्नियामा ठूलो राशीको ड्र मा हरेकपटक एक न एक जनालाई पुरस्कार परेको थियो ।
यदि सोमबार हुने पावरबलको ड्र मा कसैले सात सय ८५ मिलियन डलर जितेको खण्डमा उसले कर काटेर तीन सय ६७ मिलियन डलर हात पार्नेछ ।
तस्विर:एएफपी