विश्व नै चकित पार्ने गरेर भएको ९/११ का घटनाको असर अहिलेसम्म जारी रहेको छ । अझैपनि सो आक्रमणमा उद्दारमा खटिने ब्यक्तिहरु विभिन्न रोग लागेर मृत्यु हुनेक्रम जारी छ । अमेरिकाको न्यूयोर्क स्थित फायर डिपार्टमेन्टका अनुसार सो घटनामा परेर जति जना फायर डिपार्टमेन्टका कर्मचारीले ज्यान गुमाएका थिए, त्यति नै संख्यामा अहिलेसम्म खराब श्वास्थ्यका कारण ज्यान गुमाइरहेको बताएको छ ।
९/११ को घटना भएको दिन फायर डिपार्टमेन्टका तीन सय ४३ जनाको ज्यान गएको थियो । तर त्यसपछि धेरैमा श्वास्थ्य समस्या देखिन थालेको थियो । जसका कारण विभिन्न समयमा उनीहरुको निधन भएको थियो । केहि समय अगाडी यो घटनाको २२ औं एनिभर्सरी मनाएको केहि दिनपछि इमरजेन्सी मेडिकल टेक्निसियन हिल्डा भानाटाको क्यान्सरबाट निधन भयो । यस्तै २३ सेप्टेम्बरमा रिटायर्ड फायरफाइटर रोबर्ट फुल्कोको पनि निधन हुनपुग्यो । उनीपनि सो घटनामा ज्यान जोगाएपनि पछि अश्वस्थ बनेका थिए ।
९/११ को आक्रमणमा उद्दारका लागि खटिएका केहिको त्यहिबेला निधन भएको थियो भने त्यसपछि पनि श्वास्थ्यमा समस्या आएपछि अरुको पनि निधन भएको थियो । सन् २००१ सेप्टेम्बर ११ मा भएको त्यो डरलाग्दो घटनामा परेरे तीन हजार मानिसको ज्यान गएको थियो ।
अलकायदाले हवाईजहाज अपहरण गरेर वल्र्ड ट्रेड सेन्टरमा ठोकेका थिए । जसका कारण विश्वमा नै तहल्का मच्चिएको थियो । यो घटनामा उद्दारमा खटिएका मध्ये ११ हजार ब्यक्ति विभिन्न रोगबाट गुर्जिरहेको र त्यसमा ३५ सय जनालाई क्यान्सर रहेको उल्लेख गरेको छ ।
तस्विर:बीबीसी/गेटी इमेज