Logo

सोमवार, मंसिर १ गते २०८३   |   2026 November 16

images

images

२०२५ का लागि डिभी अक्टोबर ४ बाट खुल्ने

२०२५ का लागि डिभी अक्टोबर ४ बाट खुल्ने

नेप्लिज डायस्पोरा

१३, आश्विन २०८०
images
२०२५ का लागि डिभी अक्टोबर ४ बाट खुल्ने

अमेरिकी विदेश मन्त्रालयले २०२५ को डिभी अक्टोबर ४ देखि खुल्ने जनाएको छ । करिव एक महिनाका लागि खुल्ने यो पटकको डिभी नाेभेम्बर सातमा समय सकिनेछ ।

अक्टोबर ४ को मध्यान्हदेखि नोभेम्बर ७ को मध्यान्हसम्म डिभी भर्न सकिने बताइएको छ । डिभी २०२५ का विजेताहरुले सन् २०२५ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा २०२४ को मे ४ मा सार्वजनिक हुनेछ । 

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । यदि योग्यताहरु पुगेको छैन भने त्यो उनीहरुका लागि काम नलाग्ने हुन सक्छ । 

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग गर्न मिल्नेछैन ।

images
प्रकाशित मिति :आश्विन १३, २०८० शनिवार - ०२:३०:०७ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend