समुन्द्री तुफानका कारण भारी वर्षा हुदा न्युयोर्कमा आपतकालको घोषणा गरिएको छ । मौसम शाखाले केहिदिन अगाडि नै सतर्क रहनकालागि आग्रह गरेको थियो ।
शुक्रबार देखी परेको बर्षा ६० बर्षमा पहिलो पटक एकै दिन धेरै परेको हो । जसका कारण सहरका सब वे र रेल लाइनहरू प्रभावित भएका छन । सहरका धेरै तल्लो क्षेत्र पानीले भरिएका छन्।
न्युयोर्कको लागार्डिया एयरपोर्टको टर्मिनल पनि बन्द गर्नुपरेको छ । ब्रुकलिनमा करिब ७ इन्च पानी परेको बताईएको छ । तिब्र हावाका साथ केही स्थानमा एक घण्टामा साढे दुई इन्च परेको थियो ।
यसअघि सन् १९६० मा डोना चक्रवातमा परेको बर्षापछि यो पटक धेरै परेको छ । दुई वर्षअघि चक्रवाती आँधी इडाका कारण उत्तरपूर्वी क्षेत्रमा भारी वर्षाका कारण करिब १३ जनाको ज्यान गएको थियो ।
न्यूयोर्कका गभर्नर र मेयरले आपतकालको घोषणा गरेका छन् । साथै मानिसहरूलाई प्रभावित क्षेत्रहरूबाट टाढा रहन अपील गरेका छन्।