पावरबल चिठ्ठाको ज्यापोटको रकम एक बिलियन नाघेको छ । पछिल्लो केहि सातादेखि लगातार सुपर बल विजेता नभएपनि यसको रकम बढेको बढै छ ।
शनिबार राति भएको ड्र मा पनि सुपर बल विजेता नभएपनि अब सोमबार हुने अर्को ड्र को भाग्यमानि विजेताले एक दशमलव चार बिलियन डलर पाउनेछ ।
पावरबलको ड्र सातामा तीन पटक हुने गरेको छ । जसमा सोमबार, बुधबार र शनिबार विजेता नम्वर सार्वजनिक हुने गरेको छ । सोमबार ड्र गर्ने समय सन् २०२१ मा थपिएको थियो ।
अमेरिकी इतिहासमा एक बिलियन ज्याकपोट पुग्ने यसपटकको पावरबल चौथो ठूलो राशी हो । यदि सोमबार पनि कुनैपनि भाग्यमानि विजेता नभएको खण्डमा यो तेस्रो ठूलो राशी हुनेछ । यसकासाथै पावरबलको इतिहासमा अहिलेसम्म कै ठूलो पुरस्कार राशी पुग्नेछ ।
यसअघि जुलाईमा पावबलको उच्चतम राशी एक दशमलव आठ बिलियन पुगेको थियो । एक दशमलव चार बिलियन डलर पुरस्कार जित्ने विजेताले चार सय ७८ दशलमव दुई मिलियन क्यास भ्यालु पाउनेछ ।