एन्टाको सातौं महाधिवेशन सम्पन्न भएको छ । अमेरिकाको टेक्सस स्थित डालसमा भएको कार्यक्रम पूर्व उपप्रधान एवम् परराष्ट्र मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवको उपस्थितीमा भएको हो ।
यस महाधिवेशनको पूर्ण सफलताको लागि बिभिन्न ब्यक्तिहरूले शुभकामना दिएका थिए । जसमा ईर्भिगं सिटीका मेयर रिक स्टीफर, नेपाल सरकारका पर्यटन सद्भावना दुत विजय कुमार चौधरी,एन्टाका प्रमुख सल्लाहकार प्रध्यापक डा. रामबाबु यादव, बैज्ञानिक डा.ईन्द्र देव साह, पूर्वअध्यक्ष विजय सिंह, यूएन प्रतिनिधी डा.रामकृष्ण साह,सल्लाहकार सुजीत झा, आजीवन सदस्य श्याम कार्की, डा.उमेश यादव, मधेशी समाजका अध्यक्ष रामकृष्ण यादव, बीजेन साह, अभिनन्दन यादव, ललीत यादव लगायतका व्यक्त्तित्वहरूको उपस्थिती रहेको थियो ।
यस महाधिवेशनले ईन्जिनियर मोहन यादवको अध्यक्षतामा निम्नानुसारको पदाधिकारीहरू रहने घोषणा प्रमुख निर्वाचन आयुक्त्त रामबाबु यादवले गरे । एन्टा प्रेसीडेन्ट मोहन कुमार यादव(भर्जिनिया), बरिष्ठ उपाध्यक्ष कुशेश्वर मण्डल(केन्टेकी), उपाध्यक्ष राजवीर यादव(भर्जिनिया), अन्तर्राष्ट्रिय उपाध्यक्ष(खुशनन्दन ठाकुर-इ),महासचिव(डा.रबीन्द्र मण्डल(न्यूयोर्क), सह-सचिव आशिष झा(कोलोराडो), कोषाध्यक्ष ब्रजेश ठाकुर(भर्जिनिया), सह-कोषाध्यक्ष सुनिल यादब(ओरेगन), प्रवक्ता(कन्चन ठाकुर(भर्जिनिया), कार्यकारिणी सदस्यहरूमा लक्ष्मी राउत चौधरी(क्यालिफोर्निया), बन्दना देव (नर्थ क्यारोलिना), मकेश्वर राय, शत्रुघन साह(इलिनोईस), रूपेश कुमार मण्डल(केन्टेकी) रहेका छन।
महाधिवेशनको समुदघाटन विशिष्ट अतिथि इर्भिगं सिटीका मेयर रिक स्टीफर र नेपाल सरकारको तर्फबाट क्यालिफोर्निया राज्यका लागि पर्यटन सदभावना दुत विजय कुमार चौधरीले गरेका थिए। डालस सिटी स्थित विभिन्न संघसंस्थाका प्रतिनिधीहरू लगायत एन्टाका सदस्य,शभचिन्तक र समाजका लब्ध प्रतिष्ठित बौद्धिक व्यक्तित्वहरूको राम्रो उपस्थिति रहेको थियो।