अमेरिकाको संघीय सरकारले बुधबार दिउँसो आफ्नो आपतकालीन चेतावनी प्रणाली र ताररहित आपतकालीन अलर्टहरूको राष्ट्रव्यापी परीक्षण गर्ने जनाएको छ। जसका कारण सबैको मोबाईलमा आपतकालिन अलर्टको घण्टी बज्नेछ ।
बुधवार लगभग २ बजेर २० मिनेटमा सुरु हुनेछ । सबै वायरलेस फोनहरूले एक अलर्ट र एउटा सन्देश प्राप्त गर्नेछन् । जसमा यो राष्ट्रिय ताररहित आपतकालीन चेतावनी प्रणालीको परीक्षण भएको र कुनै कारबाही आवश्यक नभएको उल्लेख हुनेछ ।
परीक्षणको आपतकालीन चेतावनी प्रणाली भागले सबै रेडियो र टेलिभिजनहरूमा आपतकालीन अलर्ट पठाउनेछ भने परीक्षणको ताररहित आपतकालीन अलर्ट भागले सबै उपभोक्ताका सेल फोनहरूमा अलर्टहरू पठाउनेछ ।