Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

२०२५ का लागि डिभी भोलीबाट खुल्दै

२०२५ का लागि डिभी भोलीबाट खुल्दै

नेप्लिज डायस्पोरा

१६, आश्विन २०८०
images
२०२५ का लागि डिभी भोलीबाट खुल्दै

२०२५ का लागि डिभी भोलीबाट खुल्दैछ । करिव एक महिनाका लागि खुल्ने यो पटकको डिभी नोभेम्बर ७ मा समय सकिनेछ ।

भोली अक्टोबर ४ को मध्यान्हदेखि नोभेम्बर ७ को मध्यान्हसम्म डिभी भर्न सकिने बताइएको छ । डिभी २०२५ का विजेताहरुले सन् २०२५ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा २०२४ को मे ४ मा सार्वजनिक हुनेछ । 

डिभीका लागि योग्य हुन १२ कक्षासम्मको अध्ययन वा तोकिएको कामको अनुभव भएको हुनुपर्छ । यदि योग्यताहरु पुगेको छैन भने त्यो उनीहरुका लागि काम नलाग्ने हुन सक्छ । 

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग मिल्नेछैन ।

images
प्रकाशित मिति :आश्विन १६, २०८० मंगलवार - २१:३५:०३ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend