अमेरिकाको पावरबल ज्याकपट सोमबार पनि कसैलाई नपरेपछि बुधबार खुल्ने नया ड्र मा भाग्यमानि विजेताले १ दशमलव २ बिलियन डलर जित्नेछ । यो राशि अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो ।
यो विजेताले नगद लिन चाहेमा ५५१ मिलियन डलर प्राप्त गर्नेछन् । त्यसपछि ट्याक्स रकम पनि काटिनेछ ।
अहिलेसम्म सबैभन्दा ठूलो पावरबल सन् २०२२ नोभेम्बर ७ मा २ दशमलव शुन्य ४ बिलियनको ज्याकपट क्यालिफोर्नियाका व्यक्तिले जितेका थिए भने दोश्रो ठूलो पावरबल सन् २०१६ को जनवरी १३ मा १ दशमलव ५ बिलियन डलरको ज्याकपट क्यालिफोर्निया, फ्लोरिडा र टेनेसीका व्यक्तिले जितेका थिए ।
पावरबल लोटरी सोमबार, बुधबार र शनिबार खोलिन्छ ।