Logo

आइतवार, कार्तिक ३० गते २०८३   |   2026 November 15

images

images

अमेरिकाको बाल्टिमोरमा इन्द्रजात्रा (येन्यापुन्ही) पर्वको भब्य तयारी

अमेरिकाको बाल्टिमोरमा इन्द्रजात्रा (येन्यापुन्ही) पर्वको भब्य तयारी

नेप्लिज डायस्पोरा

१७, आश्विन २०८०
images
अमेरिकाको बाल्टिमोरमा इन्द्रजात्रा (येन्यापुन्ही) पर्वको भब्य तयारी

श्रीजन ताम्राकार

नेपा: कम्युनिटी युएसए बाल्टिमोरको आयोजनामा हुन लागेको चौथो इन्द्रजात्रा (येन्यापुन्ही) पर्वको तयारी भब्य रुपमा भैरहेको छ।

मेरिल्याण्ड राज्यको बाल्टिमोर शहरको गनपाउडर पार्कमा निशुल्क सहभागी (दिउँसो 12:00 बजेदेखि साँझ घाम नअस्ताउञ्जेल) हुने यस महोत्सवमा स-साना नानीहरुको आकर्षक भेषभूषा सहितको आकर्षक फेशन शो प्रदर्शनी हुनेछ र सबै सहभागी बालबालिकाहरुलाई प्रोत्साहन स्वरुप सम्मान पत्र सहित पुरस्कृत गरिनेछ । जसमा उनीहरुले नेपालका विभिन्न जातजाति र भाषाभाषीहरुका आ-आफ्ना पहिचान सहितको भेषभूषा लगाउने छन् जसले प्रवासमा जन्मिएका र हुर्किरहेका हाम्रा सन्ततिहरुलाई नेपाल, नेपाली र हाम्रो संस्कृति बारे प्रत्यक्ष अनुभव गर्न पाउनेछन् ।

कार्यक्रममा स्वादिष्ट नेवारी खाजा सम्येक बजी वितरण हुनेछ भने मनोरञ्जनात्मक लाखे; झाँकि; पुलुकिसी धिमेबाजा लगायतको भब्य सांस्कृतिक कार्यक्रमको पनि प्रदर्शन हुनेछ।

अतिथिका रुपमा बाल्टिमोर सहरका स्थानीय सरकारका  जनप्रतिनिधिहरुका साथै विभिन्न स्थानीय नेपाली संघसंस्थाहरुका प्रतिनिधिहरुको समेत उल्लेख्य सहभागिता हुनेछ ।

नेपा कम्युनिटीको तर्फबाट गायक एवं समाजसेवी श्रृजन ताम्राकारका अनुसार, नेपालमा परापूर्व कालदेखी चल्दै आएको कुमारी, गणेश र भैरवको रथयात्रालाई प्रतिलिपीका रुपमा यहाँपनि जस्ताको तस्तै उतार्दैछौं, जुन नेपालभन्दा बाहिर ऐतिहासिक हुनेछ जसमा पहिलो पटक तीनवटा रथहरु एकैसाथ बनाउदैछौं।  यसका लागि समुदायबाट पनि स्वःस्फुर्त रुपमा करिव सयजना भन्दा बढिले प्रतीव्यक्ति $100 ले आर्थिक सहयोग समेत प्रदान गरिसकेका छन् भने करिब २० भन्दा बढी स्वयंसेवकहरुले करिव महिनादिन देखि श्रमदान गरिरहेका छन् ।

रथ बनाउन सहयोग गर्ने दाताहरुको नाँउ रथहरुमा स्थायी रुपमा ताम्रपत्रमा लेखेर राखिने कुरा पनि नेपा: कम्युनिटीले जनाएको छ ।

✅ सहयोग रकम (443) 540-2373 - Ritu Dongol मा Zelle गरिदिन अनुरोध गरिएको र सो सहयोग रकम फेसबुक मार्फत अपडेट गर्दै जाने बताईएको छ ।

थप जानकारीका लागि।
https://facebook.com/events/s/yenya-punhi-baltimore-indra-ja/978876729987041/

images
प्रकाशित मिति :आश्विन १७, २०८० बुधवार - ०७:४४:३९ बजे

नेप्लिज डायस्पोरा

Copyright © All right reserved to Nepalses Diaspora Site By: SobizTrend