अत्यन्त खुशीको खबर! यहि आउँदो October 5th का दिनलाई अमेरिकाको मेरिल्याण्ड राज्य सरकारले नेपालीहरुको महान चाड बडा दशैंलाई अमेरिकाको भूमिमा पनि कानुनी वैधानिकता प्रदान गर्दै "#DASHAIN_DAY" को रुपमा भब्य रुपमा मनाईने जानकारी प्राप्त भएको छ। तसर्थ यस ऐतिहासिक दिनलाई हामी हिन्दु बुद्ध मन्दिर परिवारले पनि महत्त्वका साथ उत्सवको रुपमा मनाउने तयारी गरिरहेको हुँदा उक्तदिन सम्पुर्ण भक्तजन परिवारहरुलाई मन्दिर परिसरमा सपरिवार आएर यस महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुन हार्दिक निमन्त्रणा गर्दछौं।
उक्त शुभदिन विभिन्न स्थानीय सरकारका प्रतिनिधिहरुका साथमा समुदायका अग्रजहरुका साथमा हामीले मन्दिर अगाडीको आँगनमा सबै जम्मा भएर नेपालको विशाल नक्सा बनाउँदैछौ र त्यसमाथि दियो प्रज्वलन गरि एकआपसमा खुसियाली साटासाट गर्नुका साथै आउँदै गरेको दशैलाई हार्दिकताका साथ स्वागत गर्दै शुभकामना आदानप्रदान गर्नेछौं।
मेरिल्याण्ड राज्यका गभर्नर वेस मोरले एचबी ९६७ नम्बरको विधेयकमा हस्ताक्षर गरी "अक्टोवर ५" लाई दसैँ दिवसका रुपमा विधिवत घोषणा गर्दैछन्।
सरकारी रुपमा नेपाली संस्कृतिको महत्वलाई स्थापित गराउन नेपालीमूलका अमेरिकी, स्टेट डेलिगेट डा ह्रयारी भण्डारीले प्रमुख भूमिका निभाएका थिए। डा. भण्डारीले संसदमा सो ९६७ नम्बरको विधेयक प्रस्ताव एक वर्ष अगाडि प्रस्तुत गरेका थिए भने सो प्रस्तावलाई १३५ जना (डेमोक्र्याट र रिपलिकन दुबै पार्टीका स्टेट सांसद) ले अनुमोदन गरेका थिए।
"दशैं" नेपाली अमेरिकीहरुको समृद्ध सांस्कृतिक महत्वलाई परिचित गराउन सकिएकोमा गर्व लागेको र यसले अन्य राज्यलाई पनि उत्प्रेरित गर्न सघाउने बताउँदै डा. भण्डारीले यस ऐतिहासिक घडीको साक्षी हुन र उत्सवमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।
कार्यक्रम : "दशैं डे" घोषणा उत्सव
मिति : अक्टोबर 5 तारिख
समय : 5:00 PM
स्थान : हिन्दु बुद्ध मन्दिर
12231 Harford Rd Glen Arm MD 21057
- Hindu Buddha Mandir - Nepali American Cultural Center of Baltimore परिवार ।